
विपिन यादव
जनकपुरधाम । ईलाका प्रहरी कार्यालय दुहबीको हाता भित्र निर्माण हुन लागेको प्रहरी कार्यालयमा नयाँ भवन तथा आवास गृहको शिलान्यास भएको छ । उक्त भवनको आज बिशेष समारोहकाबीच जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम कुँवरले शिलान्यास गरे ।
पुरानो भवन जिर्ण भई दैनिक काम कारवाहीमा कठिनाई भएको अबस्थामा ५ कठ्ठा जग्गामा, २ करोड ७ लाख ९४ हजार ३९० रुपैयाँको कुल लागतमा सुबिधा सम्पन्न कार्यालयको साढे दुई तलाको भवन तथा आवास गृहको निर्माण हुन लागेको हो ।
भवनको शिलान्यास पश्चात कार्यक्रममा बोल्दै धनुषा प्रहरी प्रमुख कुँवरले यो भवन यहाँको जनताको लागि हो, तपाईंहरु लागि हो, भवन मात्र सबै चिज नभई भवनबाट प्रवाह हुने सेवा सबै भन्दा ठुलो र भवनको महत्व भन्दा पनि भवनबाट प्रवाह हुने सेवाको गुणस्तरको महत्व बढी हुने तथा प्रहरी कस्तो छ भन्ने देखाउने हुँदा यसबाट प्रवाह हुने सेवाको स्तरमा बृद्धी गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले तोकिएकै समयमा र तोकिएकै मापदण्ड अनुसार निर्माण सम्पन्न भई हस्तान्तरण हुनेमा आफु बिश्वस्त रहेको बताउँदै सम्बन्धीत निर्माणकर्तालाई सम्झौता बमोजिमकै समय र मापदण्डमा निर्माण सम्पन्न गर्न अनुरोध गरे ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम कुँवर कानून कार्यान्वयनको विकास हुँदैन नभए सम्म मानव सभ्यताको विकास नहुने भएकाले समाजमा शान्ति सुरक्षाको विकास गर्न र सभ्यताको विकासमा पहिलो अवश्यकता भनेको प्रहरी सुरक्षा रहेको बताउँदै प्रहरी प्रबिधी मैत्री र सुबिधा सम्पन्न हुनुको बिकल्प नरहेको बताए ।
कार्यक्रममा प्रहरीका पदाधीकारीहरु, स्थानीय जनप्रतनिधीहरु, स्थानीय नागरीक, समाजसेवी, संचारकर्मी, ब्यापारीलगायतको उपस्थिति रहेको थियो ।
l






