2024-05-02

Close

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंह आज धोती लगाएर मन्त्रालय पुगेका छन् ।

जनमत पार्टीले जनवरी १ मा विगतमा जस्तै आज ‘राष्ट्रीय धोती दिवस’ मनाएको छ । यो अवसरमा जनमतबाटै मधेशमा मन्त्री बनेका यादव र सिंह धोती लगाएर पहिलोपटक मन्त्रालय पुगे ।

मन्त्रीद्वय यादव र सिंह पार्टीका नेता-कार्यकर्तासहित मधेस भवन पुगेर शुभकामना आदान-प्रदान गरे ।

मन्त्रालय पुगेर मन्त्रीद्वय यादव र सिंह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । ‘राष्ट्रिय धोती दिवस’ लाई राज्यबाट मान्यता दिनुपर्ने माग राख्न खोज्दा मुख्यमन्त्री भेट्न नपाएको उनीहरूले बताए ।

दिवस निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि आज बिहान माइतीघरबाट जनमतका अध्यक्ष सिके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, पूर्व खानेपानी मन्त्री अब्दुल खानलगायतका ५३ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । उनीहरूलाई तत्काल छाड्न मन्त्री यादवले माग गरे ।

उनले भने, ‘धोती दिवस मनाउँदा राष्ट्रिय अध्यक्ष डा. राउतलाई पक्राउ गर्नु भनेको मधेसीको पहिचान र पहिरनमाथि प्रहार गर्नु हो । सरकारले माफी माग्नुपर्छ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds