2024-04-26

Close

काठमाडौ ,१३ मंसिर । कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले स्थानीय तहका उपप्रमुखहरुलाई न्यायिकनिरुपणको अधिकार दिइएकोमा असन्तुष्टि जनाएका छन्।

मन्त्रालयमै शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री यादवले राजनीतिक व्यक्तिलाई कानुनी अधिकार दिएपछि स्वतन्त्र न्याय प्रणालीमै प्रश्न उठ्ने दाबी गरे।
‘संविधानमै भएको व्यवस्थाबारे मैले बोल्दैमा मात्रै केही हुँदैन तर प्रणालीमा सुधारको आवश्यकता छ।  गाउँपालकिाको उपप्रमुखलाई किन कानुनी अधिकार दिइयो?’, उनले प्रश्न गरे, ‘राजनीतिक व्यक्तिले कानुनी अधिकार प्रयोग गर्यो भने कसरी हुन्छ निष्पक्ष न्यायिक निरुपण?’

यादवले राजनीतिक व्यक्तिले कार्यपालिका र न्यायपालिका दुवैको अधिकार प्रयोग गर्नु सरासर गलत हुने जिकिर गरे। ‘राजनीति व्यक्तिले कानुनी र न्यायिक अधिकार प्रयोग गर्नु गलत हो। कार्यपालिका र न्यायपालिका एकै ठाउँमा, यो कसरी सम्भव भयो?’, उनले सोधे, ‘कार्यकारी पदले न्यायपालिकाको काम गर्नु उचित हुँदैन। त्यस्तो काम गर्नलाई त प्रारम्भिक जिल्ला अदालत छँदैछ नि!’
स्वास्थ्यबाट कानुनमा सरुवा भएपछि पहिलो पटक पत्रकारहरुसामू प्रस्तुत हुँदै यादवले न्यायमा सहजरुपमा कसरी बनाउने भन्‍नेमा आफ्नो चिन्ता रहेको उल्लेख गरे।
आफु भारतको राजधान नयाँ दिल्लीमा अन्य १३७ देशका मन्त्रीहरु सहभागी कार्यक्रममै रहेका बेला मन्त्रालय परिवर्तन गरिएकोमा यादवले रोष प्रकट गरे। आफुसँग सल्लाहसमेत नगरी यस्तो गरिएकोमा उनले आक्रोश व्यक्त गरे।

‘यो त राम्रो भएन। १३७ देशका मन्त्री सहभागी थिए। उनीहरू पनि छक्क परे’, उनले भने, ‘नेपालको बोल्ने पालो थियो तर प्रतिनिधि नै छैन। यो ठीक होइन। दुई दिन पर्खिएको भए राम्रो हुन्थ्यो।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds