2024-04-23

Close

काठमाडौ साउन २६ गते ।

सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा प्रदर्शन गरिरहेका आरक्षण बचाऔं आन्दोलनका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोकसेवा आयोगले संविधान विपरित विज्ञापन खुलाएको भन्दै आन्दोलनमा सहभागी अगुवाहरुलाई आइतबार प्रर्दशन गरिरहेकै बेला भद्रकालीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

प्रर्दशनकारीहरुले सिंहदरबार घेर्नका लागि निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसअघि प्रहरीले निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रर्दशनकारीहरुलाई माईकमार्फत् सचेत गराएको थियो । प्रर्दशनकारीहरुले शान्तिपूर्ण रुपमा प्रर्दशन गर्न पाउने दावी गरिरहेका थिए । भद्रकालीबाट प्रर्दशनकारीहरु सिंहदरबारतर्फ अघि बढेपछि प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको थियो । त्यस क्रममा प्रर्दशनकारीहरुले शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

 

प्रर्दशनकारीहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा समेत माग गरेका थिए । आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध गरिरहेका छन् । उनीहरुले सो विज्ञापन खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds