2024-04-27

Close

अनुसन्धानको क्रममा दवाव प्रभावमा नपर्न प्रदेश प्रहरीलाई मुख्यमन्त्री राउतको निर्देशन

 


जनकपुरधाम, भदौ २ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरीलाई अनुसन्धानको क्रममा कुनै प्रकारको दवाव प्रभावमा नपर्न निर्देशन दिनु भएको छ ।
प्रदेश प्रहरी कार्यालयमा आज आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा मुख्यमन्त्री राउतले अपराध नियन्त्रणको लागी निष्पक्ष अनुसन्धान हुनु पर्ने भएकोले कसैको दवाव प्रभावमा नपर्न निर्देशन दिनु भएको हो ।

 

शान्ति सुरक्षा विना प्रदेशको समृद्धि सम्भव नरहेकोले प्रदेश सरकार सुरक्षा व्यवस्था प्रति सम्वेदनशिल रहेको उल्लेख गर्नु हुँदै उहाँले प्रदेश प्रहरीलाई आवश्यक सुरक्षा सामग्रीहरुमा कुनै पनि प्रकारको कमी हुन नदिने प्रतिवद्धता समेत जनाउनु भयो ।
प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेश प्रहरीलाई उपलब्ध गराएको सुरक्षा सामग्रीहरु मुख्यमन्त्री राउतले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रधुमन कुमार कार्कीलाई हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन कुनै कमि नराखिने बताउनु भयो । उहाँले एकाइसौ सताव्दीमा अपराधको प्रवृतिमा समेत परिवर्तन भएकोले सोही अनुरुप प्रहरीलाई समेत रुपान्तरण गरिने उल्लेख गर्नु भयो ।

कार्यक्रममा जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह सहितको उपस्थिति रहेको थियो । उक्त अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds