सशस्त्र प्रहरीका डिएसपी कटुवालको कमान्डमा गाँजासहित २ जना पक्राउ 

जनकपुरधम । सशस्त्र प्रहरी बल नेपाल पर्साले लागूऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ।पर्साको पटेर्वा सुगौली गापा-५ मनिहर्वाबाट ९ किलो ३०० ग्राम लागूऔषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा भारत बिहार बेतिया जिल्ला सिकटा थाना क्षेत्रको बेहरा झुमका गाउँ निवासी ३७ वर्षिय असोक महतो र पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं ५ सबैठवा गाउँ निवासी ४३ वर्षिय रबिन्द्र महतो रहेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।

प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले जिल्लाको पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा चेकपोइन्टमा जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरीका डिएसपी कटुवालले जानकारी दिए ।

बिज्ञापन

पक्राउ परेको उक्त गाँजा सहित २ जनालाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा बुझाएको सशस्त्र प्रहरीका डिएसपी कुटवाल जानकारी दिनुभयो ।