2024-04-25

Close

जनकपुरधाम, भदौ ३ गते ।
प्रदेश २ मा भ्रष्टाचार बढेको अभिव्यक्ति दिई वाहवाही लुटेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश २ का मन्त्री ज्ञानेन्द्र यादवले संघीय सरकारको पोल खोलेपछि २४ घण्टा नबित्दै आफ्नो छेपारो झै रंग फेरेका छन् ।

मंगलवार जनकपुरधाममा आयोजित विपत व्यवस्थापन सम्बन्धी कार्यक्रममा मन्त्री यादवले प्रदेश २ मा भ्रष्टाचार बढेको भन्नेले एकचोटी संघीय सरकारतर्फ हेर्नुपर्छ जहाँ सुनतस्करी, वाइडवडीदेखि निर्मला हत्याकाण्डसम्मको भ्रष्टाचारमा संलग्न रहेको भनेपछि अध्यक्ष प्रचण्डले प्रदेश २ मात्रै होइन देशैभरिमा भ्रष्टाचार बढेको समान्य कुरा भनेको भन्दै आफ्नो अभिव्यक्तिबाट पन्छिएका छन् ।


सोमवार धनुषाको बरमझियामा शहीद रामवृक्ष यादवको स्मृति दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेशी जनताको आहुति पश्चात प्रदेश २ मा बनेको सरकार भ्रष्टाचार चुर्लुम्म डुबेको र सुशासनको अनुभुति नभएको भनेका थिए तर त्यसको भोली पल्टै मन्त्री यादवको गर्जनपछि आफू त्यसो नभनेको भनी आफ्नै अभिव्यक्तिबाट मुख फेरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले मन्त्री यादवको गर्जनबाट पछि हटदै भने आफुले मात्र २ नम्बर प्रदेशमा भ्रष्टाचार बढेको नभनेर देशै भरी सुशासन र भ्रष्टाचार एउटा ठुलो चुनौती भएको कुरा समान्य रुपमा भनेको थिए र त्यसका लागि हामी सबै आ आफ्नो स्थानबाट भ्रष्टाचार, सुशसनको निम्ति अझ प्रभावकारी तरिकाबाट अघि बढ्नुपर्छ भने ।

मन्त्री यादवलाई फकाउन अध्यक्ष प्रचण्डले प्रदेश २ को विकास र समृद्धि विना देश समृद्धिको कल्पना गर्न नसकिने बताउँदै प्रचण्डले चाँडै प्रदेश २ को लागि छुट्टै प्याकेज बनाएर आउने प्रतिवद्धता जनाए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds