2025-04-30

Close
भैसी र कुखुराको चल्ला तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै जानकीटोला र भिखमपुरनाका; डिएसपी प्रमोद खड्काको संरक्षणमा तस्करी हुँदै ; माथिल्लो निकाय मौन

कृष्णा यादव सशस्त्र प्रहरी गुलमा भिखमपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद खडकाको संरक्षणमा संरक्षणमा ठुलो मात्रामा व्यापक रुपमा तस्करि हुदै आएपनि सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख दिपेन्द्र शाह र सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सुमन थपलियाले आएको दिन देखि तस्करी बन्द रहेको फुर्ती लगाउदै हिडेपनि अहिले यो नाकाहरुबाट ठुलो रुपमा तस्करी हुँदै आईरहेको विभिन्न मेडियाहरुमा समाचार र समाजिक संजालमा तस्करीको भिडियो सार्वजनिक भएपनि तस्करी बन्द र डिएसपी लाई कार्यबाहि नगर्नुको कारण उहाँहरु माथि पनि शंकाको बिषय बनेको प्रत्यक्षदर्शीहरुले बताएका छन्

कृष्णा यादव वीरगंज २५ जेष्ठ

पर्साको ग्रामीण भेगमा पर्ने जानकिटोला, असवारी,पाण्डेपुर लगाएतको नाकाबाट लत्ताकपडा ,भैसी र कुखुराको चल्लाको तस्करी व्यापक रुपमा भईरहेको छ।
सिमानाकाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी रातभरी लत्ताकपडा ,भैसी र कुखुराको चल्लाको तस्करी गराउदै आएको हो।
सीमा नाकाबाट हुने चोरी तस्करी नियन्त्रण गर्नुको लागि सरकारले पहिलो फेजमा सशस्त्र प्रहरीलाई परिचालन गरेको छ।तर सिमानाकामा हुने तस्करी गराउनमा सशस्त्र प्रहरी बल बिओपीको सेटिङ्गमा नै भिखमपुरको विभिन्न नाकाहरुबाट आर्थिक प्रलोभनमा परि तस्करी गराउदै आएका छन्।
देशकै विभिन्न नाकाहरु तस्करी बढेपछि तस्करी नियन्त्रण गर्नेको लागि सशस्त्र प्रहरी बल हेडक्वाटरले सिमानाकामा रहेका विभिन्न बिओपीहरुलाई गुल्मामा परिवर्तन गरि डिएसपीको दरबन्दी गरि पैठाएको हो।बिओपीहरुलाई गुल्म मा परिवर्तन गरेकोमा तस्करी कम हुनु पर्नेमा झन उल्टो तस्करी बढेको छ।हालै पर्सा जिल्लाको सशस्त्र प्रहरी बल बिओपी भिखमपुरलाई गुल्ममा परिवर्तन गरि सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी प्रमोद खडकालाई सिमानाकामा हुने चोरी तस्करी नियन्त्रणको लागि पैठाएको छ।उहाँ आएको दिन देखि नै चोरी तस्करी नियन्त्रण हुनु पर्नेमा उल्टै तस्करी झन ठुलो मात्रामा शुरु भएको छ।
त्यसैगरि अवैध कारोबारलाई नियन्त्रण गरी राजश्व सङ्कलनमा बढोत्तरी गर्न नेपाल सरकारले सीमा नाकाको ठाउँ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । तर त्यही प्रहरीहरूले तस्करहरु साँठगाँठमा गरि तस्करीलाई तीव्रता दिएको पाइएको हो ।
पर्साको सबैभन्दा कुखुराको चल्लाको तस्करी हुने नाका प्रसौनी र अमरपर्टी नाका हुन्।सो नाकाबाट काम गर्ने व्यापारीहरुलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएको छ।अहिले अदालत भन्नेले रातभरी २० देखि २५ वटा सम्म साईकल र मोटरसाइकल प्रयोग गरि रातभरी भारतबाट नेपाल भित्राई कुखुरा फर्महरुमा पुर्‍याउने गरेको छ भन्ने महादेव नाऊको व्यापारीको विगतको दिन देखि बन्द रहेको तस्करी उहाँ आएको दिन देखिनै प्रत्येक दिन सयौ गोटाको हराहरीमा सो नाकाबाट भैसी भित्राउने गरेका छन।
खासगरि कुखुराको चल्लाको किलयरिङ् क्वानटीटीमा बढी पछि कारोबारीहरुले सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मका डिएसपी खड्कालाई मोटो रकमको नजराना बुझाई तस्करी व्यापक रुपमा गर्दे आएका छन।
सरकारी निकायको कमजोर उपस्थिति र गलत तत्वसँगको साँठगाँठका कारण भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली र तस्करी गरी करोडौं मूल्यका वस्तु तथा कपडा आयात हुने क्रम बढेको विभिन्न अध्ययनले देखाएको छ । यसरी तस्करी हुने क्रम बढे पनि त्यसलाई रोक्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभाग र सुरक्षा निकायले प्रभावकारी भूमिका निर्वाह गर्न सकेका छैनन् । अझै खतरनाक कुरा त उच्च तहबाटै तस्करीमा संलग्न हुनेहरुलाई संरक्षण भइरहेको देखिन्छ । विभाग र सुरक्षाकर्मीको फितलो उपस्थितिका कारण सीमाक्षेत्रमा कपडा, चिनी, रड, सिमेन्ट, खाद्यान्न, हार्डवेयर, कुखुराको चल्ला , रङ्गा भेैसी लगाएतको सामानहरुको तस्करी हुने क्रम रोकिन नसकेको हो ।
यसरीनै सशस्त्र प्रहरी छिन्रामस्ती बाहिनीका प्रमुख एवम डिआईजि दिपेन्द्र शाह र सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले तस्करी बन्द रहेको दाबि गर्दे आएपनि पर्साको जानकिटोलाबाट ठुलो मात्रामा तस्करी हुनु उहाहरु माथि शंकाको बिषय बनेको स्थानियहरुले बताएका छन्।
सशस्त्र प्रहरी नायब उपरीक्षक खड्काले मधेश प्रदेश प्रमुख शाह र पर्सा प्रमुख थपलियाको नाऊमा समेत तस्करहरु संग लाखौं रुपैया असुली गरि ठुलो मात्रामा तस्करीको लाईन दिएको स्रोतले जनाएको छ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर