एमालेको निश्कर्ष : प्रवासको काममा उल्लेख्य सुधार, अझै सक्रियता बढाउन जरुरी

काठमाडौं । नेकपा एमालेले प्रवासको काममा पहिलाको तुनावमा सुधार भएको निश्कर्ष निकालेको छ । केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र कमिटीको नवौं बैठकको निर्णयबारे जानकारी दिन अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तर पार्टी निर्देशन–अपानि १२ मा यस्तो निश्कर्ष यल्लेख गरिएको छ ।

बिदेशमा रहेका पार्टी निकट सदस्यहरुलाई संगठित र क्रियाशिल बनाउने एमालेले भारतबाहेकका देशमा प्रवासी नेपाली मञ्च (ओएनएफ) मार्फत पार्टी काम हुने गरेको छ । ओएनएफ अन्तराष्ट्रिय कमिटीको नेतृत्व हाल अमेरिकाको न्यूयोकैमा रहँदै आउनु सञ्जय थापाले गर्दै आउनु भएको छ ।

बिज्ञापन

अध्यक्षको जिम्मेवारी सम्हालेपछिका डेढ बर्षमा थापाले संगठन बिस्तारको क्रममा बिश्व भ्रमण गरिसक्नु भएको छ । ओएनएफले जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली भन्ने अभियानसमेत सञ्चालन गरेको कारण पहिलाको तुलनामा काममा उल्लेख्य सुधार भएको निश्कर्ष एमालेले निकालेको हो ।

भारत बाहेकको प्रवासको काम प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको नेतृत्वमा हुँदै आएको छ । यसअन्तर्गत महादेश कमिटी र राष्ट्रिय कमिटी रहेका छन् । राष्ट्रिय कमिटीअन्तर्गत श्रमिक, युवा, विद्यार्थी र महिलाहरूका बीचमा काम हुँदै आएको छ । प्रवासको काममा पहिलेको तुलनामा सुधार भएको छ । तर बढ्दो नेपालीहरूको उपस्थितिको सापेक्षतामा अझैविस्तार हुनसकेको छैन, अध्यक्ष ओलीले जारी गर्नुभएको अपानिमा भनिएको छ । एमालेले केही समययता बिदेशमा रहेका नेपालीलाई पार्टीप्रति आकर्षित बनाउन नयाँ नयाँ योजना अघि सारेको छ ।

भारत बाहेकको प्रवासको काम प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको नेतृत्वमा हुँदै आएको छ । यसअन्तर्गत महादेश कमिटी र राष्ट्रिय कमिटी रहेका छन् । राष्ट्रिय कमिटीअन्तर्गत श्रमिक, युवा, विद्यार्थी र महिलाहरूका बीचमा काम हुँदै आएको छ । प्रवासको काममा पहिलेको तुलनामा सुधार भएको छ । तर बढ्दो नेपालीहरूको उपस्थितिको सापेक्षतामा अझै विस्तार हुनसकेको छैन ।

सोही आधारमा प्रवासी नेपाली मञ्चलाई केन्द्रीय कार्यालय आफैले समन्वय गर्नेनिर्णयसहित इञ्चार्ज तोकेको छैन । केन्द्रीय कार्यालय प्रमुखको हैसियतमा ओएनएफको हरेक बैठकलाई महासचिव शंकर पोखरेल आफै सहभागी हुने गर्नुभएको छ । यस्तै तीन जना केन्द्रीय सदस्यलाई महादेश बिभाजन गरी इञ्चार्जकको जिम्मेवारी दिइएको छ । जसमा केन्द्रीय सदस्यहरु डा. सूर्य पाठक, घनश्याम पाण्डे र उमाशंकर अरगरिया हुनुहुन्छ ।

गत बर्षको साउनदेखि केन्द्रीय सदस्य पाण्डेलेयुरोप-अमेरिकाको इञ्चार्ज, केन्द्रीय सदस्य पाठकले पूर्वएशिया र ओसियाना इञ्चार्ज र केन्द्रीय सदस्य अरगरियाले मध्यपूर्व इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

यस्तो छ अपानिमा किटानी

भारत प्रवासमा प्रवासी नेपाली संघ र अन्य मुलुकमा प्रवासी नेपाली मञ्चमार्फत पार्टी काम हुने गरेको छ । प्रवासी नेपाली संघले आफ्नो कामलाई राज्य समिति र नगर समिति गठन गरेर विस्तार गर्दै आएको छ । संघ अन्तर्गत युवा र महिलाहरूका बीचमा पनि काम गर्दै आइरहेको छ । भारत बाहेकको प्रवासको काम प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको नेतृत्वमा हुँदै आएको छ । यसअन्तर्गत महादेश कमिटी र राष्ट्रिय कमिटी रहेका छन् । राष्ट्रिय कमिटीअन्तर्गत श्रमिक, युवा, विद्यार्थी र महिलाहरूका बीचमा काम हुँदै आएको छ । प्रवासको काममा पहिलेको तुलनामा सुधार भएको छ । तर बढ्दो नेपालीहरूको उपस्थितिको सापेक्षतामा अझै विस्तार हुनसकेको छैन । जनताटाइम्स