2020-10-26

Close

समाजवादी युवा संघको अध्यक्षमा ‘राज्यमन्त्री यादव’

काठमाडौ भदौ ८ गते । समाजवादी पार्टी सम्बद्ध समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा प्रदेश २ सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव चयन भएका छन् ।


आईतबार ललितपुरस्थित समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको उपस्थितिमा भएको कार्यक्रमबाट राज्यमन्त्री यादवलाई युवा संघको अध्यक्षको जिम्मेवारी दिइएको हो ।


तत्कालिन नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण भएर समाजवादी पार्टी बनेसँगै गठित समाजवादी युवा संघको नेतृत्व उनको काँधमा दिइएको छ ।

नव गठित समाजवादी युवा संघमा २७ पदाधिकारी सहित १ सय ३३ सदस्यीय कार्यसमिति चयन गरिएको युवा संघका केन्द्रीय सदस्य सुरेन्द्र अधिकारीले जानकारी दिए । अध्यक्षको जिम्मेवारी पाएपछि यादवले युवाको हकहितका लागि जस्तो कदम उठाउन पछि नहट्ने प्रतिक्रिया जनाएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर