2024-04-23

Close

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रदेश प्रहरी कार्यालय जनकपुरवाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगहीवाट ९० किलो गाँजा बरामद गरेको छ ।

बगहीको बाटो हुँदै लागु औषध गाँजा ओसार पसार कार्य भैरहेको भन्ने प्राप्त सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रदेश प्रहरी कार्यालय जनकपुरवाट खटिएको संयुक्त टोलीले वडा नम्बर २८ बगही गेट नजिक UP70 BK 9955 नम्बरको इन्डिगो मेन्जर कारलाई रोकी जाँच गर्दा उक्त कारको डिकी र सिटमुनी लुकाइ छिपाइ राखेको अवस्थामा ९० किलो गाँजा फेला परेको हो ।

९० किलो गाँजा र इन्डिगो मेन्जर कारमा सवार भारत यूपी.जि.मउ कमलसागर गोपालपुर निस्फी ३० वर्षिय रविकान्त भारती र भारत विहार जिल्ला बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा वडा नम्बर १० का २८ वर्षिय सुनिल भारतीलाई पक्राउ गरि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds