तराई-मधेशको प्यास मेटाउन सहारा अभियान

काठमाडौं । अत्यधिक गर्मी र खडेरीका कारण खानेपानीको समस्या भएका तराई-मधेशका जिल्लाहरुमा सहारा अभियानले ‘प्यासको विरुद्ध एक बोतल पानी’ अभियान सुरु गरेको छ ।

‘एक जनाले एक जनताको लागि’ नारासहित पानीका बोतलहरु तराई-मधेशका जिल्लाहरुमा पठाउने अभियान थालिएको हो ।

बिज्ञापन

सहाराका अभियान्ता प्रकाश पौडेलका अनुसार यो अभियान अन्तर्गत चितवनबाट आज एक सय कार्टुन पिउने पानी वीरगञ्ज पठाइएको छ ।

‘यस विषम् परिस्थितिमा हामी मध्ये जो जहाँ छौं, त्यहाँबाट छुट्ने सवारी साधन (बसहरु, ट्रकहरु आदि) मा पानीका बोतलहरु भरेर पठाउन सक्यौं भनेर, प्यासले छटपटाइरहेका दाजुभाइ दिदीबहिनीहरुलाई थोरै राहत मिल्नेछ’, यो अभियानले आह्वा गरेको छ ।