2024-04-19

Close

अप्पन डेस्क, सिराहा जिल्लाको सिराहा स्थित सिराहा अस्पतालमा बुधबार निर्वाचन क्षेत्र नं.३ (ख) का प्रदेश सांसद प्रमोद कुमार यादवले निरीक्षणको क्रममा भवन निर्माणकार्यमा मेसु र अध्यक्ष ठाकुरको मिलोमतोमा चरम भ्रष्टाचार भएको आरोप लगाए ।

बुधबार निरीक्षणको लागि अस्पताल पुगेका सांसद यादवको टोलिले अस्पताल परिसर भित्रै निर्माण हुन लागेको सटर (कोठा) को काम कार्यमा गुणस्तरहिन काम गरेर चरम भ्रस्टाचार भइरहेको हुदा उक्त काम बन्द गराएको स्थानीयहरूले अप्पन जनकपुरलाई बताए ।

सांसद यादवले अस्पतालकै मेसु डा.नागेन्द्र यादव, व्यवस्थापन समिति अध्यक्ष शैलेन्द्र ठाकुर र कर्मचारीहरु लाई आफू पुर्ण रूपमा मद्दत गर्दै आइरहेको र अस्पताल जस्तो संवेदनशील ठाउँमा तथा कोरोनाको महामारीमा पनि अस्पताल कर्मचारी र चिकित्सक लाई मद्दत गर्दै आइरहेको बताए ।

अस्पताल परिसर भित्रै ग्यारेज स्थापना गरिए पनि त्यसमा २ वटा ट्राकटर र एउटा जेसिवी राखिएको बताउदै अस्पताल परिसर भित्रै बन्न लागेको नयाँ भवन मापदण्ड विपरीत निर्माण हुन लागेको भन्दै आफू काम रोकाएको यादवले बताए ।


उनले अस्पताल जस्तो संवेदनशील क्षेत्र र परिसरमा भूकम्प प्रतिरोधात्मक भवन नबन्नु पनि भोलिको लागि समस्या हुन सक्ने बताउदै आम नागरिकको स्वास्थ्यको समस्या अधिकार र भवन निर्माणको लागि मापदण्ड प्रक्रिया पुरा गरेर काम गर्न भन्दै सांसद यादवले अप्पन जनकपुरलाई बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds