
जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी चढेसँगै पार्टी प्रवेशको कार्यक्रम तीव्र पारिएको छ । सोही क्रममा धनुषा ३ मा एमालेका चर्चित युवा लभ अधिकारीसहित दर्जनौ नेता कार्यकर्ता उम्मेदवार बिमलेन्द्र नीधिसँग गएका छन् ।
आईतबार पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी धनुषा ३ का उम्मेदवार एवम् पूर्वउपप्रधानमन्त्री समेत रहेका विमलेन्द्र नीधिले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । चुनाव नजिकिदै जाँदा नेता कार्यकर्ताहरु आफू मन पर्ने पार्टीमा फेर बदल पनि तीब्र बनाएको हो ।
बिज्ञापन




युवा नेता अधिकारीसँगै अन्य उनका साथीहरु तथा अन्य विभिन्न पार्टीबाट नेता कार्यकर्ता, महिला नेतृहरु समेत नेपाली काँग्रेसमा विधिवत प्रवेश गरेको हो । यही फागुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनको लागि यसपाली धनुषा ३ का कडा टक्कर हुने भएको छ ।

