2024-04-26

Close

जनकपुरधाम । मगही भाषा संरक्षण सम्बर्द्धन, जनकपुरधामले प्रदेश नं.२ को कामकाजी भाषा मगही हुनु पर्ने मांग गर्दै प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिष्ठानको आयोजनमा झण्डै एक दर्जन संस्थाले सोमबार मुख्यमन्त्री राउतलाई प्रदेश २ को कामकाजी भाषा मगही हुनु पर्ने मांग सहित ज्ञापन पत्र बुझाएका हुन् ।

,नेपाल भित्र बोलिने सवै भाषा नेपालको राष्ट्र भाषा हुन् र ती सबै भाषालाई संरक्षण सम्र्बद्धन गर्नु हाम्रो दायित्व हो । त्यही क्रममा नेपालमा मगही भाषा बोल्नेको पनि निकै ठूलो संख्या रहेको छ । तराई मधेसमा बसोबास गर्ने दलित, पिछडावर्ग, मुस्लिम, मधेसीहरुको खानपान, पहिरन, भाषा, संस्कृति लगभग साँझा समान रहेको छ । धार्मिक हिसाबले फरक भएपनि मुस्लमान जातिहरुले पनि मगही भाषा नै बोल्ने गर्छन् । प्राचिनकाल देखि यी सवै जातजातिहरु एउटै समाजमा बस्दै आएको छ ।

यी जातिहरुको प्रकृतिक वातावरण मैत्रि मगही संस्कृति समाचकेवा, जाटजाटिन, लगंपाचे, डीहीवार पूजा, अन्नतपूजा, घडि पवनी, चौपारा पूजा, सत्यनारायण पूजा, तुुल्सी विवाह, विवाह विधि, सतुआईन, जुडसितल, सैन पूजा, पिपलको बोटमा महादेव पूजा, वरपिपल पूजा, ईन्द्र पूजा, दुर्गा पूजा, रामनवमी, छैठ पूजा, चौठचन, जितिया, रैव पवनी, सोमवारी, मंगलवारी, छठियार, मृत्यु संस्कार, कृष्ण जन्मअष्ठमी, कुशे औंशि, माघे संक्रान्ति, होरी, गणिनाथ बाबा पूजा, कुलदेवता पूजा, महावीर जयन्ती, विवाहपञ्चमी, शिवरात्री, सरस्वती पूजा, विश्कर्मा पूजा, आदी हो । लोप हुन लागेको भाषा संस्कृतिलाई जोगाउनका लागि केहि हाम्रा मांगहरु यस प्रकार रहेका छन् । प्रदेश नं.२ मा कामकाजको भाषा मगही हुनु पर्ने प्रतिष्ठानको मांग छ ।

मगही भाषा संस्कृति जोगाउनका लागि हरेक गपा,नपाको नीति तथा कार्यक्रममा समावेश गर्नु पर्ने, प्रदेश सरकारबाट एफ.एम.रेडियोमा विभिन्न सरकारी सूचना मगही भाषामा संचालन गर्नु पर्ने, मगही भाषाको लागि प्रशिक्षक तयारी गर्ने प्रादेशिक स्तरमा ठोस कार्यक्रम गर्नु पर्ने, प्रदेश स्तरमा मगही भाषा संस्कृति विकास बोर्ड गठन गर्नु पर्ने । प्रतिवेदन बमोजिम झापादेखि रौतहट सम्मको तराई मधेसवासी (पिछडावर्ग, दलित र जनजाति) समुदायका मानिसहरुको मातृ भाषा मगही हो भन्ने प्रमाण पेश गरेकोले त्यसलाई तत्कालै कार्यान्वयन गर्नु पर्ने । प्रदेश नं.२ को ६२ प्रतिशत जनताले मगही भाषा बोल्छ, ज्ञापन पत्रमा उल्लेख छ । मगही भाषा कामकाजको भाषा नभएमा हामी सशक्त आन्दोलन गर्ने बाध्य हुने तर्फ ध्यानाकर्षण सहित जानकारी गराएका छन् ।

मगही भाषा अभियानी फुलगेन महतो, बलदेव साह, जनार्दन भण्डारी ,दीपेन्द्र कापड, बलिराम कापड, अजय अनुरागी, संजिव यादव सहित मधेस पिछडावर्ग इद्यऋ महासंघ, जनकपुरधाम, मगही साहित्य समाज जनकपुर, मगही लोक कला संस्कृतिक, बटेश्वर, मगही संगित नाट्य कला परिषद्, जनकपुरधाम लगायतका संस्थाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई बोदार्थ गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds