2024-04-26

Close

जनकपुरधाम । मिथिला मजदुर उत्थान बचत तथा ऋण सहकारी संस्था लि. जनकपुरधाम ९ ले योग गुरुहरुलाई सम्मान गरेको छ ।

उक्त बचत तथा ऋण सहकारीद्धारा जनकपुर धामको थापा चोकमा आयोजित स्वास्थ्य जीवनका लागि योगदान दिएका योग गुरुहरुलाई सम्मान गरिएको हो । फुलगेन साहको अध्यक्षता र विष्णु कुँवरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला सहकारी संघ लि.धनुषाका कार्यवाहक अध्यक्ष बिनोद रोहिता,अतिथिहरु पतंजली योग समिति धनुषाका अध्यक्ष इन्द्रदेव मण्डल, मनोहर साह, विमल पण्डित लगायतको उपस्थिति रहेको थियो ।

मधेश प्रदेश योग समितिका सदस्य मनोहर साहले मन्तव्यमा बताउदै भने कि शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नैं योग हो साहले बताए ।

बदलिँदो जीवनशैली, अस्वस्थ खानपान र व्यायामको कमीका कारण अधिकांश मानिसमा कुनै न कुनै किसिमको स्वास्थ्य समस्या देखिन्छ । योगले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई जोड्ने भएकाले स्वस्थ जीवनका लागि योग एकदमै महत्वपूर्ण रहेको बिशिस्ट अतिथि विनोद रोहिताले मन्तव्यमा बताए ।

योगले तन र मनमा फूर्ति आउँछ । योगका कारण विचार स्वच्छ हुन्छ । यदि विचार स्वच्छ भएमा हाम्रो मानसिक अवस्था पनि सुधार गर्न सकिन्छ । योगका कारण आज धेरै बिरामीले नयाँ जीवन पाएका छन् । अध्यक्ष फुलगेन साहले बताउदै भने कि हाम्रा संस्थाका सम्पुर्ण सदस्यले दैनिक योग गरेर स्वस्थ रहि रोगी बाट निरोगी भएर बाचने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका वक्ताहरुले स्वास्थ्य जीवनका लागि योग आवश्यक भएको सन्देश थिए । परापूर्व कालदेखि योगलाई अदृश्य शक्ति शक्तिको रुपमा लिइन्थ्यो तर समय क्रमसंगै योगको महत्व पनि परिवर्तन हुँदै आएको उनीहरुको भनाई थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds