2024-04-20

Close

विपिन कुमार यादव,जनकपुरधाम : धनुषामा एक बृद्व दम्पतिको ५ मिनेटकै अन्तरालमा मृत्यु भएको छ ।
शहीदनगर नगरपालिका १ का रामखेलाबन यादव र उनकी पत्नी सुमिन्त्रादेवीको सोमबार बिहान मृत्यु भएको हो । रामखेलाबन ९१ र उनकी पत्नी ८८ बर्षकी थिइन् ।

मृतकका छोरा उपेन्द्रका अनुसार बुवाको मृत्यु भएको ५ मिनेटपछि आमाको पनि मृत्यु भएको हो । बिहान ८ बजेर ५० मिनेतिर रामखेलाबन नित्यकर्म गरी बसिरहँदा एक्कासी उनको मृत्यु भएको थियो । त्यतिबेला घरभित्र रहेकी उनकी पत्नीले यो जानकारी पाएलगत्तै उनको पनि मृत्यु भयो ।

एक छोरा र चार छोरीका आमा–बुवा एकैपटक मृत्यु भएपछि स्थानीयले त्रेतायुगमा श्रवणकुमारका माता पिताले एकैपटक मृत्युवरण गरेको घटनालाई सम्झेका छन् ।

एकै दिन मृत्यु भएका दम्पतिको एउटै चितामा अन्तिम संस्कार गरिएको स्थानीयले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds