2024-03-28

Close

प्रधानमन्त्रीलाई समाजवादी युवाको खबरदारी

७७ वटै जिल्लाबाट सिडिओ मार्फत ज्ञापन

विपिन कुमार यादव
कैलाली १ असोज । भ्रष्टाचार नियन्त्रणमा गम्भिर हुन संघीय समाजवादी पार्टी निकट समाजवादी युवा संघले बुधबार ७७ वटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । कैलालीमा समाजवादी युवा संघका जिल्ला अध्यक्ष सरोज जोशी र प्रदेश नं.७ युवा अध्यक्ष गोविन्द गुप्ताको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी यग्य राज बोहरालाई ज्ञापन पत्र बुझाइएको हो ।

 

‘बढ्दो भ्रष्टाचार, महँगी, बेथिति र विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले सरकारलाई तिर्नुपर्ने कर लगायतका राजश्व नतिरी उम्कन खोज्नुले नेपाल आर्थिक रुपमा विफल हुने समाजवादी युवा संघको ठहर छ’ संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको ज्ञापन पत्रमा लेखिएको छ, ‘पछिल्लो एनसेल प्रकरण पनि एक प्रकारले नेपाललाई आर्थिक रुपमा कर नतिरी कमजोर पार्ने प्रत्यक्ष उदाहरण रहेको छ । तसर्थ बढ्दै गरेको भ्रष्टाचार, महँगी, बेथिति र सुशासनका सवालमा सरकार गम्भिर हुनुपर्छ ।’

 

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई जनताले शंकाको दृष्टिकोणले हेर्नुपर्ने अवस्थाको सिर्जना हुनु, देशको ऋण १० अर्ब नाघ्नु, व्यापार घाटा आकाशिनुजस्ता जस्ता समस्या मुख्य चिन्ताको विषय भएको संघले ज्ञापन पत्रमार्फत भनेको छ ।

 

कर नतिर्ने, राजश्व छल्ने, भ्रष्टाचार गर्ने लगायतका कुतत्लाई समयमै निस्तेज पार्नेगरी कार्ययोजना ल्याउन समाजवादी युवा संघ गम्भिर रहेको र यसप्रति सरकारलाई पनि गम्भिर हुन देशैभरका सबै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds