2024-04-19

Close

जनकपुरधाम,२६ माघ । जनकपुरधाम उद्योग बाणिज्य संघले धनुषाका सिडिओ प्रदीप राज कणेलको सरुवाको माग गरेको छ । शनिबार राजर्षी जनक सभा हलमा आयोजित जनकपुरधाम उद्योग बाणिज्य संघको ५३ औं बार्षिक साधारणसभामा संघका अध्यक्ष ललित कुमार साहले प्रदेश सरकारका अर्थमन्त्री बिजय कुमार यादव संग सिफारिस गर्न माग गरेका छन ।

अध्यक्ष साहले केन्द्र सरकार मार्फत प्रदेश सरकारले लिखित रुपमा सिडिओ सरुवाको लागि सिफारिस गर्न माग गरेका छन । उनले निकै नै भावुक बनेर भने प्रशासनले आतंक मच्चाएको छ , ब्यापारीहरु असुरक्षित महशुल गरिरहेको छ् ।

आफूहरुले जिताएको जनप्रतिनिधिबाट आर्थिक सहयोग होइन हामीहरु लाई शान्तिसुरक्षाको आवश्यकता छ् ।बिना प्रमाण पक्राउ गर्ने कार्य हामीलाई बदास्त हुने छैन । यस कार्यको घोर निन्दा गर्दै मान प्रतिष्ठा माथि भएको खेलवाड प्रति अनुसंधान होस् अध्यक्ष साहले भने “डिस्कसन ” गरेपछि पक्राउ गर्नु कहाको न्याय हो । प्रदेश सरकार लिखित रूपमा केन्द्र सरकारलाई पठाओस यस्तो हामीलाई सिडिओ चाहिदैन , भने´

मन्त्री यादवले प्रशासनलाई चेताए
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले प्रशासनिक निकायबाट जनतालाई अहित हुने किसिमको कुनै पनि क्रियाकलाप गलत रहेको बताए । उनले सिडिओ होस् या एसपी होस कुनै पनि किसिमको गल्ती बरदास्त नगरिने समेत बताए । मन्त्री यादवले मुलुकमा संघीयता आएको तर शक्ति वाडफाडमा संघ सरकारले मनमौजी गरेको आरोप लगाउदै संघीयता स्थापित गर्नकोलागि शक्ति वाडफाडमा ध्यान दिनु आवश्यक रहेको बताए ।

गाउ गाउँमा सिंहदरबार नारा दिए पनि सम्पुर्ण अधिकार काठमाडौमा निहित रहेको बताउदै यस बिषयमा प्रदेश सरकारलाई गल्ती ठहराउनु भन्दा जनतालाई सचेतना हुनु आवश्यक रहेको बताए ।

प्रदेशसभा सदस्य साहद्वारा प्रशासन कार्यको निन्दा
प्रदेश २ का प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख सचेतक प्रमेश्वर साहले युवा नेता तथा व्यपारी धर्मेन्द्र साहलाई बिना प्रमाण पक्राउ गर्नु प्रशासनको गलत कार्य रहेको बताए । उनले भने प्रशासनको काम सेवा दिने हो शासन गर्ने काम नगरोस् ,प्रदेश सरकारलाई यस्ता क्रियाकलाप बरदास्त हुनेछैन । उनले भने प्रदेशमा अहिले कानुन निर्माण भैरहेको अवस्था छ संघले लादेको कानुन जस्तै प्रदेशले पनि नबनाओस । त्यसको लागि सजग बन्नुपर्छ र यस प्रति बहस हुनुपर्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds