2020-10-22

Close

जनकपुरधाम,कार्तिक ९ । समाजवादी पार्टीका प्रमुख सचेतक तथा संघीय साँसद उमाशंकर अरगरियाले अन्तराष्ट्रिय जगतमा मधेसी भाषाको ट्रान्सलेटर राख्नुपर्ने धारणा राखेका छन् ।

धनुषाको जनकनन्दिनी गाउपालिका वडा नं. ६ कठालमा समाजवादी पार्टीद्धारा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखे । अरगरियाले भने, ‘मातृभाषाको संरक्षण गर्न म सदनमा पनि बारम्बार मैथिली,मगही बोल्छु ।

अब अन्तराष्ट्रिय जगतले पनि बुझन् सकुन भनेर ट्रान्सलेटर राख्न आवश्यक छ ।’ धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य,संघीय साँसदमा निर्वाचित अरगरियले आफ्नो क्षेत्रबासीलाई शुभ दिपावली र छठ पर्वको शुभकामना समेत दिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया विशिष्ट अतिथी समाजवादी पार्टी प्रदेश २ का प्रदेश सभा सदस्य सांसद शैलेन्द्र यादव, अतिथीमा पार्टीका केन्द्रिय सदस्य अरुण सिंह मण्डललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै कार्यक्रममासमाजवादी पार्टी कमला नगरपालिकाको नगर अध्यक्ष मनिकलाल मण्डल , मो.अब्दुल शेख, विजय पासमान, युवा नेता प्रमोद कुमार अधिकारी , उमेश कुमार यादव, जनकन्दिनी गाउपालिका १ का निर्वाचित वडा अध्यक्ष धर्मेन्द्र गोइत, वडा ६ का वडाध्यक्ष विक्रम यादव वडा नं.५ का वडा अध्यक्ष अशोक कुमार मण्डलले पनि शुभकामना मन्तव्य राखेको थियो ।

समाजवादी पार्टीका जनकनन्दिनी गाउँपालिका धनुषाको अध्यक्ष राधेश्याम यादवको अध्यक्षतामा जिबछ पगहिया लगायतका नेताकार्यकर्ता हरुको उपस्थितिमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर