2024-04-24

Close

पोखरा- जल तथा सिँचाई विज्ञ डा. कृष्णचन्द्र साह केही वर्षयता राजनीतिमा सक्रिय छन्।

जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका संस्थापक परिवारका डा.साहको छवि त्यस क्षेत्रमा राम्रो छ। अमेरिकाबाट अध्ययन गरी फर्केका डा.साह जल तथा सिँचाईका क्षेत्रमासमेत काम गरेका छन्।

संविधानसभाको दोस्रो निर्वाचनमा उनी विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को टिकटबाट जनकपुरधाम क्षेत्रबाट उम्मेदवार भएका थिए। तर सद्भावना पार्टीका उम्मेदवार संजय साहसँग पराजित भए।

त्यसपछि डा.साहले अहिले आफ्नै नेतृत्वमा युनाइटेड डेमोक्रेटिक पार्टी, नेपाल गठन गरेका छन्। पार्टी आधिकारिक रुपमा दर्ता भने हुन सकेको छैन।

पछिल्लो समय देशमा राष्ट्रिय एकताको भावना कमजोर भएको भन्दै उनले राष्ट्रिय एकताको पक्षमा वकालत गर्दै आएका छन्। जसका लागि उनी पहाडी मैदानको कास्की– २ बाट उप निर्वाचन लड्न पुगेका थिए।

‘राष्ट्रिय एकताको भावनालाई बल मिलोस् भनेर कास्की गएको थिएँ।’ डा. साहले भने, ‘देशमा बढ्दै गएको राष्ट्रियता सम्बन्धी विवाद समाधान होस् भन्ने चाहना थियो।’

कास्कीबाट उम्मेदवारी दिएर सांकेतिक रुपमा राष्ट्रिय एकतामा बल पुर्याउन पुगेका डा. साहले उम्मेदवारीका लागि प्रस्तावक र समर्थक नै पाएनन्।

करिब एक साता पहिले कास्की पुगेका डा.साहले त्यस क्षेत्रको विभिन्न स्थानमा घरदैलोसमेत गरिसकेका थिए।

तर, उम्मेदवारी दर्ता गराउने दिन बिहीबार उनले प्रस्तावक र समर्थक नपाउँदा उम्मेदवारी दर्ता गराउन सकेनन्।

‘प्रस्तावक र समर्थकका लागि धेरै जनासँग कुराकानी भयो। सबैले ससर्त प्रस्ताव लिएर आए।’ डा. साहले भने, ‘केहीले पैसा मागे। कसैले जागिर लगाइ दिन भने।

कसैले पार्टीको डमी उम्मेदवार बन्न भने। तिनीहरुको प्रस्ताव नमान्दा मैले प्रस्तावक र समर्थक पाइन।’

प्रस्तावक र समर्थक नपाउँदा उम्मेदवारी दर्ता गर्नबाट बञ्चित भएका डा.साह पोखराबाट फर्किने क्रममा भने, ‘मैले जे भावना बोकेर आए त्यो भावना यहाँ पाईन।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds