2024-04-19

Close

काठमाडौं, २२ कार्तिक । समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ पुस्तक विमोचन भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, नेता अमरेश नारायण झा, प्रदेश २ का पूर्वप्रमुख रत्नेश्वर लाल कायस्थ, प्रा.डा सुरेन्द्र केसी, डा. डम्बर नारायण यादव लगायतले सामूहिकरुपमा सो पुस्तक विमोचन गरेका हुन् ।

सो पुस्तकबारे आफ्नो मन्तव्य राख्दै डा. भट्टराईले यादवद्वारा लिखित पुस्तकले पार्टीका नेता कार्यकर्तालगायत सम्पूर्ण देशवासीका लागि समाजवादी लोकतन्त्रबारे उपयोगी खुराक रहेको टिप्पणी गरेका छन् ।
यसै क्रममा, उक्त पुस्तक दुई अध्यायमा विभाजित छ । प्रथम अध्यायमा भनिएको छ, “आधुनिक नेपाल निर्माण भएको अढाई शताब्दी बितिसक्दा पनि जातीय, भाषिक, सांस्कृतिक तथा क्षेत्रीय उत्पीडनको अन्त्य हुन नसकेको अवस्था छ ।”


यसैगरि १७ औं र १८ औं शताब्दीमा नेपालमा स–साना गणराज्यहरु मध्ये तराई–मधेशमा थरुहट, कपिलवस्तुका शाक्य, तिरहुत, मिथिला, कोचिला आदि गणराज्यहरुमा बसोबास गर्नेहरुको आफ्नै भाषा, धर्म, संस्कृति, पेसा व्यवसाय, भेषभूषा र जीवन प्रणाली रहेका थिए, ती भू–भागलाई मधेश र त्यहाँका निवासीहरुलाई मधेशी भन्ने चलन रहेको भनि पुस्तकमा उल्लेख गरिएको छ ।
अध्याय दुईमा वर्तमान नेपालको सन्दर्भमा सामाजिक लोकतन्त्रको बारेमा विस्तृत रुपमा विश्लेषण गरिएको छ ।
कार्लमार्क्स, स्टालिन, लियोन ट्राटस्की, वर्नस्टीन, रोजा लक्जमवर्ग, महात्मा गान्धी, डा.भीमराव अम्बेडकर, डा. राममनोहर लोहिया र जयप्रकाश नारायणद्वारा लोकतन्त्र र समाजवादबारे गरिएको व्याख्यालाई पुस्तकमा सविस्तार वर्णन गरिएको छ ।
प्रा.डा. सुरेन्द्र केसी लगायतले पुस्तकका विभिन्न कमजोरी पक्षबारे उल्लेख गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds