जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले स्थानीय चुनावमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।
आगामी वैशाख ३० गते हुने निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजत प्राप्त हतियारहरु चैत मसान्तसम्म बुझाउन आग्रह गरेको हो ।
त्यस्ता हतियार निर्वाचन अवधिसम्मका लागि नजिकको प्रहरी इकाईमा बुझाउन सम्बन्धित हतियारधनीमा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक सूचना जारी गर्दै आग्रह गरेका हुन् ।
निर्वाचन सम्पन्न पश्चात सो हतियारहरु सम्बन्धित धनीले फिर्ता प्राप्त गर्न सक्ने उनले बताए । सूचनाको बर्खििलाप गरे कानुन बमोजिम कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।