2024-05-03

Close

जनकपुरधाम । धनुषामा श्रीमतीको बन्चरो प्रहार हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेको छ । सात महिनाअघि श्रीमतीलाई हत्या गरि फरार रहेका श्रीमान् र जेठाजुलाई धनुषा प्रहरीले शनिबार पक्राउ गरिएको हो ।

धनुषाको शहिदनगर नगरपालिका–७ नेमुवाटोलकी ५० वर्षीया रेखा देवी ठाकुरको हत्या आरोपमा प्रहरीले उनको श्रीमान् ५५ वर्षीय सुदिप ठाकुर र जेठाजु उदित ठाकुरलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रबक्ता एवम् डिएसपी रंञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार गत कात्तिक १० गते दाजुभाइ मिलेर रेखालाई हत्या गरी घरैमा खाल्डो खन्नी शव लुकाएर फरार भएका थिए । हत्यापछि उनीहरू भारतमा लुकीछुपी बस्दै आएका थिए । केही दिनअघि भारतबाट आएपछि घरको खाल्डोबाट शव उखालेर घरभन्दा पर रहेको नदी किनारको झाडीमा गाडेका थिए ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर शवको बारेमा सोधपुछ गर्दा नदीमा गाडेको बताएपछि ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक चन्द्रकिशोर साह नेतृत्वमा खटेका प्रहरी टोली आइतबार नदीबाट रेखाको कंकाल फेला परेको छ । टुक्राटुक्रा पारी बोरामा राखिएको कंकाल प्रहरीले बरामद गरेको छ ।

हत्यापछि फरार रहेको सुदिप उदितसहित शनिबार आफ्नी छोरीको घरमा गएको प्रहरीले सूचना पाएपछि उनीहरूलाई छोरीको घरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालयमा राखी घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds