2024-04-20

Close

जनकपुरधाम,१४मंसिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको सीता-राम विवाह महोत्सवअन्तर्गत मटकोर विधि सम्पन्न भएको छ।

मिथिलाको बिधि बिधान अनुसार जनकपुरधामस्थित गंगाासागर पोखरीबाट मडवाका लागि पवित्र माटो उत्खनन् गरिने विधिलाई मटकोर भनिन्छ। सोही उत्खनन् गरिएको माटो जानकी मन्दिरमा ल्याएर मडवा बनाउने चलन छ। मडवामा बेहुला–बेहुली बस्ने गर्दछ।

त्रेतायुगमा सीता र रामको विवाहका लागि यज्ञवेदी निर्माण गर्न गंगा सागरबाट पवित्र माटो उत्खनन गरी लगिएकाले बर्सेनि विवाह पञ्चमी महोत्सवमा माटो लगिने परम्परा रहेको जानकी मन्दिरका सह–महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए। मिथिलाको विधिविधानअनुसार बेहुली पक्षबाट मटकोर गरी दुलही सीतालाई पहेँलो रङ्गको सारी, चोलोलगायत नयाँ लुगा लगाई सागरमा नुहाउने गरिन्छ।

मटकोरमा जानकी मन्दिरबाट बाजागाजा तथाझाकीसहित स्थानीय महिलासहितको टोली पुगेर जनकपुरधामको गंगासागरमा माटो लिइसकेपछि नगर परिक्रमा गर्ने प्रचलन छ। मटकोर कार्यमा श्रद्धालु महिला संलग्न भई विवाह सम्बन्धी सान्दर्भिक गीतलाई लोक भाकामा गाउने परम्परा छ।

मटकोर कार्य सम्पन्न भएपछि मिथिलाञ्चलमा चना, बदाम, पुरी र खिर वितरण गर्ने चलनअनुसार जानकीको तर्फबाटमटकोरका लागि पुगेका श्रद्धालुलाई प्रसाद वितरण गरिएको थियो। मिथिलाको वैवाहिक पद्धतिमा तिलकोत्सव तथा मटकोर एउटा महत्त्वपूर्ण विधि मानिन्छ। रामजानकी मन्दिरका महन्थसहित पोखरीबाट पवित्र माटो ल्याइ स्वयंवर (विवाह)को अघिल्लो दिन मण्डप बनाउने यो विधिलाई ‘मटकोर’ भनिन्छ।

यही मटकोरको माटोबाट विवाह पञ्चमीका दिन जानकी मन्दिरमा भगवान श्री राम र माता सीताको विवाहका लागि यज्ञवेदी निर्माण गरिनेछ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds