2024-03-29

Close

काठमाडौं । एसिया कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ। आइतबार युएईको दुबईमा भएको फाइनल भिडन्तमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका एसिया कप च्याम्पियन बनेको हो।

श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा १४७ रनमा अलआउट भयो।

पाकिस्तान कप्तान बाबर अजाम ५ रनमा र फखर जमान शून्यमा आउट भए। पाकिस्तानले चौथो ओभर चल्दा महत्वपूर्ण दुई विकेट गुमाएको थियो। दुवैलाई प्रमोद मदुशनले आउट गरेका थिए।

त्यसपछि मोहमद रिजवान र इफ्तिखर अमहदले पाकिस्तानको रन स्कोर उकासे। अहमद ७१ रनको साझेदारी गरेपछि १४औं ओभरमा ३२ रन जोडेर आउट भए। यसपटक पनि प्रमोदले नै श्रीलंकालाई सफलता दिलाए।

दुई ओभरपछि रिजवान ५५ रनमा आउट भए। उनले ४९ बलमा ४ चौका र १ छक्का हिर्काए। त्यसपछि पाकिस्तानले लगातार विकेट गुमाउदा श्रीलंका जित नजिक पुगेको थियो।

पाकिस्तानका मोहमद नवाज ६ रन, आसिफ अली ०, शादब खान ८ रन, नसिम शाह ४ रन र हरिस रउफ ८ रनमा आउट भए। बलिङमा श्रीलंकाका प्रमोदले ४ विकेट र हर्षरंगाले ३ विकेट लिए।

त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा १७० रन जोड्यो। उसका भानुका राजापाक्षले नटआउट ७१ रन जोडे। उनले ४५ बलमा ६ चौका र ३ चौका हिर्काएका थिए।

ओपनरद्वय पथुम निशंका ८ रन र कुशल मेन्डिस शून्यमा आउट भएका थिए। जसका कारण पकिस्तानले चौथो ओभरमा दुवै ओपनरलाई आउट गर्न सफल भयो। छैटौं ओभरमा धनुश्का गुणतिलका पनि १ रनमै हरिस रउफको बलमा बोल्ड भए।

यसपछि धनंजय डिशिल्भाले २८ रन जोडे भने हर्षरंगाले २१ बलमा ३६ रन जोडे। बलिङमा पाकिस्तानका रउफले तीन विकेट लिन सफल भए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds