2024-05-16

Close

जनकपुरधाम । धनुषाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जनाबाट स्रोत नखुलेको साढे ८३ लाख बढी रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ पर्नेहरूमा जनक नन्दिनी गाउँपालिका ५ का ३६ वर्षीय ईश्वर मण्डल र सोही ठाउँका १९ वर्षीय राजेश मण्डल छन् ।

उनी दुवै जनाले आलुको बोरा ल्याउँदै गर्दा जनक नन्दिनी गाउँपालिका १ इनरुवा सीमा इलाका स्थित चेक प्वाइन्टमा विओपीबाट खटेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवाल नेतृत्वको टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको रुपैयाँ बरामद भएपछि पक्राउ गरिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक कटुवालको अनुसार उनीहरूबाट ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद भएको छ । बरामद रकममध्ये १ हजारको ७ हजार नोट, ५ सयको २६९९ नोट, १०० को १ सय नोट र ५० को १ सय नोट रहेको छ ।

उनीहरू भारतबाट नेपालतर्फ आउने क्रममा शंका लागेर चेकजाँच गरेपछि बरामद भएको स्रोत नखुलेको रकम, मोटरसाइकल र रुपैयाँ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds