2024-03-28

Close

अप्पन समाचार काठमाण्डौं, २ माघ । अपराध नियन्त्रणमा महत्वपूर्ण मानिने सीसीटीभी जडानमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ नेपाल प्रहरीले । देशभर २९ सय २६ थान सीसीटीभी क्यामेरा थप जडान गरिएको छ । यही सीसीटीभीकै कारण पूर्व सभामुख महरा महिलाको घरमा गएको पुष्टी भएको थियो ।

बेरुजु फर्छयौटमा सर्वोत्कृष्ट

नेपाल प्रहरी बेरुजु फर्छयौटमा सर्वोत्कृष्ट भएको छ । आर्थिक बर्ष २०७३/७४ मा महालेखा परीक्षकको कार्यालयबाट नेपाल प्रहरीका विभिन्न कार्यालयका नाममा साढे ६८ करोड बेरुजु थियो । त्यसमध्ये ५८ करोड बेरुजु फर्छयौट गर्न नेपाल प्रहरी सफल भएको छ ।

उक्त कार्यमा प्रत्यक्ष खटिने कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार समेत प्रदान गरियो । त्यस्तै आर्थिक बर्ष २०७४/०७५ सम्म कायम झण्डै ६१ करोड बेरुजुमध्ये २०७५ को चैत १५ सम्म झण्डै ४१ करोड बेरुजु फर्छयौट गर्न नेपाल प्रहरी सफल भयो । जसबाट नेपाल प्रहरीको आर्थिक अनुशासन समेत पुष्टी भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार सेवा प्रवाहमा सबैभन्दा न्यून भ्रष्टाचार हुने सरकारी निकाय नेपाल प्रहरी हो । सेवा प्रवाहमा अधिकतम भ्रष्टाचार हुने निकायमा ३०.५ प्रतिशत सेवाग्राहीले भ्रष्टाचार हुने गरेको उल्लेख गरेकोमा अख्तियारको प्रतिवेदनले नेपाल प्रहरीको सेवा प्रवाहमा भने ०.१ प्रतिशत सेवाग्राहीले मात्र भ्रष्टाचार हुने गरेको औल्याएको छ ।

समुदाय प्रहरी साझेदारी अवधारणा
प्रहरी महानीरिक्षक खनालको कार्यकालमा भएको एउटा महत्वपूर्ण र उल्लेखनीय सुरुवात हो समुदाय प्रहरी साझेदारीको अवधारणा । गतबर्षको कार्तिक ११ गते यो कार्यक्रमको उद्घाटन गरेर देशभर कार्यक्रम संचालन भइरहेको छ । यो विश्वभरका प्रहरी संगठनका लागि समेत अनुकरणीय रहेको छ । यसअन्तर्गत ७ सय ५३ वटा स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।

विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नको लागि पाठ्यक्रम तयार भैसकेको छ भने अन्य विविध कार्य्विधिहरु निर्माणको चरणमा रहेको छ।दाइजो प्रथा, बाल विवाह, जबरजस्ती करणी, बालश्रम शोषण, साइबर अपराध, मानव बेचबिखन, घरेलु हिंसा लगायतका अपराध विरुद्ध चेतना जगाउन जानकारीमूलक निर्माण गरी विद्यार्थी एवं नागरिकलाई सुसूचित गर्न उपयोग भईरहेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण गरिएका सम्पूर्ण सामाग्रीमा देशभरका प्रहरी ईकाईहरुको सहज पहुँच सुनिश्चित गर्न डिजिटल रिसोर्स सेन्टरको स्थापना गरी विभिन्न सामाग्रीहरु राखिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय निकाय, नेपाल प्रहरी, सामाजिक संघसंस्थाको सकृयतामा मुलुकका बिभिन्न स्थानहरुमा २९ सय २६ वटा सीसीटीभी जडान गरी सञ्चालनमा आएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यान्वयन पछिको अवधिमा प्रहरी सेवा प्रभावकारी बनाउन समुदायबाट करिब ४१ करोड २७ लाख १० हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ।यसबाट अपराध नियन्त्रणमा समुदाय र प्रहरीबीचको समझदारी कति आवश्यक छ भन्ने कुरा पुष्टी भएको छ ।

समुदाय प्रहरी साझेदारीका विभिन्न कार्यक्रमहरू मार्फत प्रहरीले ८१ लाख, ३८ हजार ८५८ जना नागरिकहरूसँग अन्तरक्रिया गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds