2024-04-16

Close

सिरहा । नेपाल प्रहरीको नारा छ – मुस्कानसहितको सेवा । तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन । अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् । प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ ।

सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामनारायण यादव । उनले कुनै कामले उनको कार्यकक्षमा आउने सामान्य सेवाग्राहीसँग अराजक व्यवहार गर्ने गरेका छन् ।

सामान्य सेवाग्राहीलाई गन्दै नगनेको र ठूलाबडालाई मात्रै प्राथमिकता दिने गरेको सेवाग्राहीको गुनासो छ । ‘कर्मचारी भनेको जनताका नोकर हुन्,’ एक सेवाग्राहीले भने, ‘तर, उनको व्यवहारले भने मालिक हो जस्तो देखाउँछ ।’

उनको व्यवहारले गर्दा सिंगो कार्यालयकै बद्नामी भइरहेको छ । भर्खरै बढुवा भएका र यसै साता अवकाश भइरहेका उनी जागिर जीवनमा जहाँ–जहाँ बसे, कतै उनीबारे राम्रो प्रतिक्रिया पाइँदैन ।

जनताको काम गर्नुको सट्टा गलत व्यक्तिसँग साँठगाँठ र असुलीलाई प्राथमिकता दिएका उनी प्रहरीको जागीर गरेरै करोडौंको अकुत सम्पत्ति आर्जन गरेका छन् । तर, नेपालमा जे गरेपनि कारवाही नहुने र जति भ्रष्टाचार गरेपनि केही नहुने मान्यताका कारण उनी घमण्डले भरिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds