2021-12-01

Close

जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव आफ्नै गाउँमा नेपाली काँग्रेसकै कार्यकर्ताबाट लखेटिनु भएको छ । कार्यकर्ताले हातपातको प्रयाश गरेपछि मन्त्री यादव भागेर प्रहरीको शरणमा पुग्नुपरेको छ ।

मन्त्री यादव नेपाली काँग्रेसको वडा अधिवेशनका लागि मुखियापट्टी मुसहरनिया गाउँपालिका पुग्नुभएको थियो । वडा अधिवेशनमा हस्तक्षेपको प्रयास गर्दा कार्यकर्ताहरु हातपातको प्रयास गरेको स्थानीय एक नेताले बताए । ती नेताका अनुसार हातपातको प्रयास भएपछि मन्त्री यादव भागेर प्रहरी चौकी बहेडाबेला पुग्नुभएको हो । हातपातमा उत्रेका कार्यकर्ताहरुले र पार्टी उपसभापति विमलेन्द्र निधिको समर्थनमा नाराबाजी समेत गरेका छन् ।

काँग्रेस संसदीय दलका नेता समेत रहनुभएका मन्त्री यादव विगतमा उपसभापति निधिनिकट नै हुनुहुन्थ्यो । उहाँले अहिले निधीको साथ छाडनु भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर