2021-10-17

Close

ढोलामण्डली दर्शन गरेर फर्किदै गरेका ६ जनाको मृत्यु

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु चढेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।  मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीका अनुसार ६ जनाको मृत्यु भएको हो। केहीको घटनास्थलमै मृत्यु भएको र केहीको उपचारको क्रममा जिल्ला अस्पताल धादिङ मृत्यु भएको अस्पतालका अध्यक्ष अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए।

ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो। ट्रकमा ४५ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ।

प्रत्यक्षदर्शी विजय अधिकारीका अनुसार तीब्र गतिका कारण आइचर दुर्घटना भएको हो। दर्जनौ यात्रुसँगै चालक गम्भीर घाइते छन्। दुर्घटनाका गम्भीर घाइते १५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको एसपी रेग्मीले बताए। अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइराखेको छ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
सूचना बिभाग दर्ता : २८४८
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर