2024-04-26

Close

अप्पन समाचार,१४ माघ जनकपुरधाम : प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले राजीनामा दिएकी छन्। राजपाको तर्फबाट राज्यमन्त्री बनेकी झा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई राजीनामा पत्र बुझाएकी हुन्।

‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेको छु’, उनको राजीनामा पत्रमा उल्लेख छ।

रौतहटबाट प्रदेश सभा सदस्यमा निर्वाचित झा राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन्। उनले प्रदेश सरकारको कार्यशैलीबाट असन्तुष्ट भएर राजीनामा दिएपछि समाजवादी पार्टी र राजपाबीचको सम्बन्ध बिग्रिने सम्भावना देखिएको छ।

राजीनामा दिएकी झाले प्रदेश सरकारले पाप गरिरहेको र पापको भागिदार नबन्न राजीनामा दिएको बताइन्। उनले अप्पन जनकपुरसँग भनिन्, ‘मेरो जिल्लामा ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम मुख्यमन्त्रीको पिए नेतृत्वमा हुन्छ । तर हामीलाई खबर पनि गर्दैनन्।’

गत आर्थिक वर्षको बाँकी ८७ करोड भुक्तानी अझै उपभोक्ताले पाउन नसकेकोमा पनि उनले आक्रोस पोखिकी छन्। उनले सरकारकै कमिकजोरीका कारण उपभोक्ताहरु रकम पाउन नसकेको पनि बताइन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds