2024-03-19

Close

अप्पन डेस्क,बारा ,८ श्रवाण । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सत्ताको खेलमा लागिपरेको छ भने एका तिर नेता तथा कार्यकर्ताहरु धमाधम जेल गैरहेको छ ।यसैक्रममा जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रमोद गुप्तासहित दुई जनालाई जेल चलान गरिएको छ ।

जिल्ला अदालत बारामा बिहीबार हाजिर हुन गएपछि अदालतले प्रहरीलाई खबर गरी उनीहरुलाई वीरगन्ज कारागार चलान गरेको हो । गुप्तासँगै जसपाका स्थानीय नेता अरुण सिंह पनि जेल चलान भएका छन् ।

२०७४ माघको मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागी भरत चोकमा एक हिफाजत मियाँको निधन भएपछि उनको पोस्टमार्टम रिपोर्टमा चिकित्सकले गडबडी गरेको भन्दै अस्पतालमा प्रदर्शन गर्ने क्रममा आन्दोलनकारीहरुले चिकित्सकको निजी कार जलाएका थिए । सोही आरोपमा प्रहरीले सभासद गुप्ता र सिंहको नेतृत्वमा गाडी जलाएको भन्दै उनीहरुमाथि मुद्दा चलाएको थियो ।

सप्तरी राजविराज नगरपालिका ३ घर भई कलैया अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेड शैलेश झाको जाहेरीले उनीहरुमाथि मुद्दा चलाइएको थियो । त्यसपछि अदालतले एकतर्फी रुपमा दुबैलाई जनही ६र६ महिना कैद र ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा पीडितलाई क्षतिपूर्ति भराउने गरी जरिवाना गर्दै २०७४ माघ २५ मा कैद सजायको फैसला गरेको थियो ।

मुलुकी ऐन, आगो लगाउने महलको १ र ४ बमोजिम फैसला गरिएको अदालतले जनाएको छ । त्यही कैद सजाय भुक्तान गर्न अदालतले दुबैलाई कारागार पठाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले अदालतको आदेशमा बिहीबार राति उनीहरुलाई कारागार पठाइएको पुष्टि गरे । गुप्ताले राजनीतिक मुद्दा भन्दै खारेज गराउन पार्टीका अध्यक्ष उपेन्द्र यादवसमक्ष पटक(पटक आग्रह गरेका थिए । गुप्ता बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित थिए । उनी कलैया उपमहानगर पालिका-४ निवासी हुन् भने सिंह फेटा गाउँपालिका बडकी फुलवरिया निवासी हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds