2020-10-22

Close

अप्पन समाचार , जनकपुरधाम, १८ माघ । शहिद हेमनारायण यादबको १६ औं स्मृति दिवसको अवसरमा सिरहा सदरमुकाममा शनिवार सरसफाई गरिएको छ ।

नेकपा प्रदेश कमिटी र सिरहा नगर कमिटीको आयोजनामा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा प्रदेश साँसद प्रमोद यादब, नेकपा नेता डा. नविन यादब (हेमनारायणका छोरा), सिरहा नगरपालिका २ का वडाध्यक्ष दिपक यादब, पार्टीका पूर्व नगर अध्यक्ष देबेन्द्र गोहिवार लगायतको उपस्थिति रहेको थियो ।

तत्कालिन नेकपाका नेता हेमनारायण यादबको १६ वर्ष अगाडी हत्या भएको थियो । सरकारले घटनाको छानविन गर्न समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरेपनि हालसम्म हत्यारा पत्ता लाग्न सकेका छैन ।

उनको स्मृति दिवस मनाउन हरेक वर्ष पार्टीले कार्यक्रमको आयोजना गरिदै आएको छ । सिरहामा शहिद हेमनारायणको शालिक निर्माण गरिनुका साथै चोककै नाम पनि ‘हेमनारायण चोक’ राखिएको छ । भोलि माघ १९ गते दिनको ११ बजे १६औं स्मृति दिवस सभा सिरहाको हेमनारायण चौकमा गर्ने बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर