2024-05-02

Close

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-६ तिनकौरिया चोकस्थित श्री जनता नमुना प्राविधिक माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीले यस वर्ष मधेश प्रदेशमै विद्यार्थी भर्ना अभियानमा पहिलो स्थान ल्याएको छ । देशभरिमा भने यो विद्यालय तेस्रो स्थान ल्याउन सफल भएको छ ।

गुणस्तरीय शिक्षा, एसइई परीक्षामा नतिजा राम्रो, वर्षभरि एक घन्टी पनि खाली नहुनु, विद्यालयको सामाजिक परीक्षण गराउनु, शिक्षकहरूको समूह उत्कृष्ट हुनु, अडियो एवं भिडियो कक्षा सञ्चालन हुनु, भौतिक पूर्वाधार एवं कक्षाकोठाको राम्रो व्यवस्थापन, खानेपानी, शौचालयलगायत खेल्ने चौरको राम्रो व्यवस्था भएकाले यो विद्यालयमा भर्ना हुनेको सङ्ख्या बढ्दै गएको विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डलले बताउनुभयो ।

लिजर घन्टी हुन नदिन ‘लिजर घन्टी व्यवस्थापन समिति’ बनेको छ । उक्त समितिले इमानदारितालाई आत्मसात् गर्दै काम गरेको छ । विद्यालयमा प्रत्येक विषयको १० देखि १५ जना शिक्षकशिक्षिका रहेका प्रअ मण्डलको भनाइ छ । त्यस्तै देशमै सामाजिक परीक्षण गर्ने यो पहिलो सामुदायिक विद्यालय रहेको दाबी गर्दै उहाँले भन्नुभयो, “सामाजिक परीक्षणमा कसैलाई कुनै किसिमको प्रश्न अथवा हिनामिना गरेको शङ्का छ भने त्यहाँ प्रश्न गर्ने वातावरण सिर्जना गरी अभिभावकको विश्वास जित्न सफल भएका छौँ ।”

लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको प्रथम पत्र नै सामान्य ज्ञानको रहेको छ । जबसम्म पहिलो पत्र उत्तीर्ण गरिँदैन तबसम्म अर्को परीक्षा दिन नपाइने भएकाले यसलाई ‘आइरन गेट’ भनिन्छ । त्यसैले यहाँ प्रत्येक दिन एउटा एउटा समूह बनाई सामान्य ज्ञानको कक्षा सञ्चालन हुन्छ । सामान्य ज्ञानको कक्षा सञ्चालन कक्षा ४ देखि नै हँुदै आएको विद्यालयका प्रअ मण्डलले बताउनुभयो ।

गरिब र विपन्न विद्यार्थीले महँगो डेरा भाडा तिर्नु नपरोस् भनेर विद्यालयमा होस्टल सञ्चालन गरिएको छ । साथै टिफिनको समयमा बाहिर गएर खाजा खाने बाध्यतासमेत अन्त्य गरी विद्यालय परिसरभित्रै क्यान्टिन सञ्चालन पनि भइसकेको छ । कक्षा १० का छात्रा सुमित साह भन्नुहुन्छ, “पहिले कोठा भाडा तथा अन्य शुल्कसहित मासिक १० देखि १२ हजार रुपियाँ खर्च हुन्थ्यो तर अब यहीँ होस्टल भएपछि सहज भएको छ ।” यहाँ धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही र सिन्धुलीसम्मका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

कर्मयोगको सिद्धान्तलाई आत्मसात्

गर्दै प्रअ मण्डलले देशका गरिब, दलित विपन्नका घरपरिवारलाई शिक्षित बनाउने मुख्य उद्देश्य रहेको बताउनुभयो । यो विद्यालय २००८ सालमा स्थापना भएको हो । विद्यालयमा हाल पाँच हजार ९१५ छात्रछात्रा अध्ययनरत छन् भने ७७ जना शिक्षक तथा शिक्षिका छन् ।

प्राथमिक विद्यालयका रूपमा रहेको यो विद्यालय २०२९ सालमा निम्न माध्यमिक विद्यालयमा परिणत भएको थियो । हाल यहाँ कक्षा १२ सम्म अध्ययन अध्यापन हँुदै आएको छ । २०५९ सालमा मण्डलले प्रअको जिम्मेवारी पाउँदा यो देशकै सबैभन्दा कान्छो मावि रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds