2025-05-02

Close

जनकपुरधाम । पर्साको कालिकामाई गाउँपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरु अचानक बेहोस हुन थालेपछि अभिभावकहरु चिन्तित बनेका छन् ।

विद्यालयमा अध्ययनरत १८ विद्यार्थी सोमबार अचानक बेहोस भएर लडेका थिए । उनीहरुको अवस्था उपचारपछि सामान्य बनेको छ । यो समस्या देखिएपछि गाउँपालिकाले दुई दिनका लागि विद्यालय बन्द गरेको छ ।

विद्यार्थीहरु अचानक बेहोस हुनुलाई चिकित्सकले ‘मास हेस्टोरिया’ भनेका छन् । तर स्थानीयले भूतप्रेतले सताएको दावी गरेका छन् ।

बुधवार विद्यालयका शिक्षक र अभिभावकहरुको बैठकले समस्या समाधान गर्न नजिकै रहेको आर्यघाट अर्को ठाउँमा सार्नेसहितका तीन बुँदे निर्णय गरेका छन् ।

वडाध्यक्ष संजय साहको अध्यक्षतामा बसेको शिक्षक र अभिभावकहरुको बैठकले मनोबिज्ञहरुलाई बोलाएर विद्यार्थीहरुलाई परामर्श दिने, विद्यालयसँग टाँसिएको आर्यघाट अर्को ठाउँमा सार्ने र शान्ति स्थापनाका लागि पूजा पाठ गराउने निर्णय गरेका छन् ।

वडाध्यक्ष साहले पढ्न गएका छात्र-छात्राहरु अचानक बेहोस हुने समस्या समाधान गर्न तीन बुँदे निर्णय गरेको जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर