प्रमुख समाचार
विपिन कुमार यादव ,जनकपुरधाम,१५ चैत । कोरोना भाइरसको संक्रमण जोखिम लाई मध्यनजर गर्दै धनुषा जिल्लाको औरही गाउँपालिका वाडा नं.५ मा समाजवादी पार्टी धनुषाको युवा नेता तथा समाजसेवी प्रमोद कुमार अधिकारीको अगुवाइमा औरही गा.पा.वडा नं.५ को घर घरमा पुगेर माकस र साबुन वितरण गरेको छ।
विश्वभरी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण नेपाल सरकारले लगाएको लकडाउनमा गाउँ घरको गरिब परिवारलाई साथै वडाका सम्पुर्ण घर घरमा गएर माकस र साबुन वितरण गरेको हो।
लकडानको उलंघन नगरी गरिब परिवारको घरमै गएर माकस र साबुन वितरण गरेको र घरबाट बाहिर ननिसकिन घरमै बस्न र आफू पनि बचौ र अरुलाई पनि बचाउ समेत स्थानीय बासिहरु लाई सल्लाह सुझाव पनि दिइएको समाजसेवी युवा नेता प्रमोद कुमार अधिकारीले अप्पन जनकपुर न्यूजलाई बताए ।
यस कार्यक्रममा समाजवादी पार्टी औरही गा.पा.नगर अध्यक्ष कमल देव मण्डल र स्थानीय युवा नेता सरोज कुमार मण्डलको उपस्थिति रहेको थियो ।