2024-04-26

Close

काठमाडौं । गहुँ खेतीका लागि किसानले खनजोत गरिरहेका छन् । तर, बजारमा डीएपी मलको चरम अभाव छ । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार गहुँबालीका लागि ६० हजार मेट्रिक टन डीएपी मलको आवश्यकता छ ।

तर सरकारसँग मौज्दात १५ हजार मेट्रिक टन मात्रै छ । १० हजार मेट्रिक टन विदेशबाट आउने क्रममा छ । बाटोमा रहेको मल आइपुगे पनि यो वर्ष २५ हजार मेट्रिक टन मात्र मल किसानले पाउनेछन् । किसानले मागको आधा पनि मल नपाउने अवस्था छ ।

कृषि मन्त्रालय र मातहतका निकायहरू गहुँखेतीलाई आवश्यक मल उपलब्ध गराउन नसकिने ‘लाचारी’ व्यक्त गर्न थालेका छन् । कोभिडका कारण उत्पादक कम्पनीले नै कम उत्पादन गरेको र अन्तर्राष्ट्रिय बजारमै मलको भाउ बढेकाले पयाप्त खरिद गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

कृषिमन्त्री महेन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण पर्याप्तमात्रामा मल खरिद गर्न नसकेको बताए । उनका अनुसार मलसम्बन्धी खरिद ऐन पुरानो भएकाले पनि खरिद गर्न कठिनाइ भएको हो ।

किसानहरूको आवश्यकताअनुसार मल आपूर्ति गर्न नसकिएको लिमिटेडका सूचना अधिकारी राजेन्द्र कार्कीले स्वीकारेका छन् । ‘मलको माग अधिक छ,’ कार्कीले भने, ‘गत वर्षको जति पनि मल आउन सकेको छैन ।’ – अन्नपूर्ण पोस्टबाट

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds