2024-04-25

Close

नेपालगंज, २६ पुस – एक उद्घाटन कार्यक्रममा बाँके जिल्लाको नेपालगंज पुगेका संघीय कृषि मन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटेका छन्।
सोमबार गुपचुप रुपमा नेपालगंज पुगेका मन्त्री यादव बारे किसान आन्दोलनकारीहरुले जानकारी पाएलगतै आन्दोलनकारीहरु कार्यक्रम स्थलमा पुगेका थिए।
किसान आन्दोलनकारीहरुले जनकारवाही गर्ने होहल्ला सुरु भएपछि मन्त्री यादवले कार्यक्रम बीचमै छोडेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षा घेरामा पछाडिको बाटो हुँदै भागेको किसान नेता विष्णु यादवले बताएका छन्।
जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री इस्तियाक राईले सुरु गरेको दाना फ्याक्ट्रीको उद्घाटन गर्न मन्त्री यादव नेपालगंज पुगेका थिए।
तराई मधेशका जिल्लामा विगत दुई सातादेखि मलखाद समयमा उपलब्ध गराउनु पर्ने, उखु किसानको रकम भुक्तानी हुनु पर्ने, कृषिकलाई निःशुल्क विजुली दिनु पर्ने, किसानलाई पेन्सन दिनु पर्ने र किसान कार्डको व्यवस्था गर्नु पर्नेलगायतको माग राख्दै आन्दोलन भइरहेको छ।
सोही आन्दोलनका क्रममा संघीय सरकारका मन्त्रीहरुलाई तराई मधेशका जिल्ला प्रवेशमा रोकलगाइएको छ।
यता मन्त्री यादवले आफू सुरक्षित रहेको प्रतिक्रिया दिएका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds