2024-04-26

Close

काठमाडौं ४ जेष्ठ । सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप भएको छ । पछिल्लो पटक थपिएको समय जेठ ५ सम्म थियो ।

जेठ ५ पछि भने जोखिमका आधारमा लकडाउन खुकुलो वा कडा गर्ने भनिएको थियो । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेर २९५ पुगेको छ भने दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । त्यही कारण आइतबार नै बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको थियो ।

सञ्चारमन्त्री डा. खतिवडाकाअनुसार लकडाउनको नयाँ मोडालिटीबारे उच्चस्तरीय समितिमा छलफल भइरहेको छ । ‘लकडाउन र सामान्य आर्थिक जीवनलाई सँगसँगै लैजानुपर्ने हाम्रो बाध्यता छ । र, यसबारे केही छलफल भएको छ’ उनले भने ।

लकडाउनको थपिएको अवधिमा पनि कृषि उद्योग, ढुवानी, आयोजना निर्माणका कामहरु निरन्तर रहन्छन् । ‘धेरै मान्छेहरु क्वारेन्टाइनमा रहनु भयो भने उहाँहरुको उत्पादक समय खेर जानसम्छ । त्यसैले क्वारैन्टाइनमै रहेर कुनै काममा जोड्न सक्छौं कि भनेर हामीले छलफल गरेका छौं’ उनले भने ।

सबै नागरिकको रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ भनेर छलफल भएको र यसका लागि औषधिजन्य जडिवुटीबारे जनतचेतना जगाउने योजना छ । कोरोनाको जोखिम कहिलेसम्म रहन्छ भन्ने यकिन नभएको भन्दै उनले भने, लकडाउनमा रहिरहँदा अरु शारीरिक समस्याहरु पनि नहुन् र, नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ भनेर सरकारको नीति तथा कार्यक्रममा आरोग्यको कुरालाई बढी जोड दिएका छौं ।’

सीमामा रहेका नेपाली नागरिकहरूका साथै क्वारेन्टाइनको स्तर र क्षमताबारे समेत छलफल चलिरहेको भन्दै उनले समितिको अर्को बैठकले लकडाउनको मोडालिटीबारे निर्णय गर्ने बताए । स्रोत अनलाइनखबर

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds