2020-11-28

Close

विपिन कुमार यादव,जनकपुरधाम, मसिंर ६ : जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा नेपाल केन्द्रीय मत्स्य सहकारी संघको केन्द्रीय उपाध्यक्ष संजय साहले आफनो जन्म दिन पृथक तरिकाले मनाएका छन् । आफना गाँउका ९० देखि १०५ वर्ष उमेर समुहका बयोवृद्वहरुलाई सम्मान गरि साहले आज जन्म दिन मनाएका हुन ।

उनको पैतृक घर हालको विदेह नगरपालिकाको वडा नं. ४ को ठाडीमा उनले आज जन्मदिनको उपलक्षमा जेष्ठ नागरिक लाई सम्मान गरेका छन् । नेता साहले समाजका जेयष्ठ नागरिकहरुको रक्षा, सुरक्षा र सम्मान सामाजिक दायित्व समेत रहेकाले गाउँका बा–आमाहरुलाई सम्मान गरिएको बताए । सम्मानित जेयष्ठ नागरिकहरुले साहले यसरी जन्म दिन मनाएकोमा खुसी हुदै आर्शिवाद दिएका छन् ।


सम्मानित हुनु हुनेमा स्थानिय १०३ वर्षिय जानकी देवी दास, जिबसी खातुन १०१ वर्ष, ठाकुरचन साह ९६ वर्ष र भु.पु. वडा अध्यक्ष, राजेन्द्र महारान, योगेन्द्र पाण्डे (भु.पु.गा बि.स. अध्यक्ष), ज्ञाने पासवान, बौहला दास, चुलहाई मिश्र सहितका १५ जना जेष्ठ नागरिक रहेको साहले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर