2024-04-20

Close

जनकपुरधाम, जेठ १४ : भारतवाट आएकाहरुलाई देश प्रवेश गराइने धनुषाको जटही नाकामा एक युवाको मृत्यु भएपछि युवाहरुको हुल नारावाजी गर्दै नेपाल प्रवेश गरेको छ । लकडाउनका कारण भारतमा फँसेका नेपालीहरुलाई धनुषा प्रशासनले आफ्नो गृह जिल्ला ल्याउने क्रममा जटहीमा एक जनाको मृत्यू भएपछि युवाहरुको हुल प्रहरीको अवज्ञा गर्दै नेपाल प्रवेश गरेको छ । उनीहरु प्रधानमन्त्री केपि शर्मा ओली र नेपाल सरकार विरुद्व नारावाजी गरिरहेका छन् ।

धनुषा प्रशासनले धनुषाको जटही नाकाबाट धनुषावासीलाई आफ्नो जिल्ला ल्याउने क्रममा जटही नाकामा राखिएको क्वारेन्टाईन नजिकै एक नागरिकको भोकले मृत्यू भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलका अनुसार, मृतक धनुषाको शहिदनगर नगरपालिकाका वडा नं.९ विरेन्द्र गुरमैता यादव ३० बर्षिय युवक हुन् । पोखरेलका अनुसार, भारतबाट हिँडदै आएका उनी विगत ६ दिनदेखि खाना खान पाएका थिएनन् । अत्यधिक भोकका कारण जटही नाकामा सुरक्षाकर्मीले उनलाई खाना खुवाएको थियो । केही बेरमा बान्ता (उल्टी) गरेर उनको ज्यान गएको हो ।

आज विहान करिब ३ बजेको समयमा भारतको प्रशासनले उनीहरुलाई जटही नाकामा छाडेर गएको जनाउँदै नाकामा करिब ५०० बढी जनाको भीड भएपछि आक्रोस बढेको बताएका छन् । मृतक युवकको अवस्था विग्रेपछि जनकपुरबाट एम्बुलेन्स पठाएपनि एम्बुलेन्स पुग्नुभन्दा अघि नै उनको मृत्यू भईसकेको थियो । सोही क्रममा भारतबाट आएका भीड आक्रोसित भएको प्रशासनले जनाएको छ ।


उनीहरु सुरक्षा घेरा समेत तोडदै जनकपुर तर्फ नारावाजी गर्दै आउन थालेको भिडियो स्थानियवासीले समाजिक सञ्जालमा सार्वजानिक गरेको छ । जनकपु्रधाम तर्फ आउन लागेको भिडलाई रोकन र व्यवस्थित गर्न व्यापक प्रहरी परिचालन गरिएको धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए । युवाहरुको हुल गांगुली हुदै देवपुरा रुपैठा सम्म आइ पुगेको छ एसपी बस्नेतले भने, ‘प्रहरी परिचालन गरि उनीहरुलाई रोक्न र व्यवस्थापन गर्ने काम भइरहेको छ ।’

पोखरेलका अनुसार प्रशासनले व्यवस्था गरेको २ समय विहान १० बजे र साँझ ६ बजे बस सेवा सँचालन गर्ने भनिएपनि उनीहरु आफू घर जानुपर्ने भन्दै जिद्द गर्दै आएको थियो । अहिले प्रशासनले उनीहरुको लागि ३ वटा बस पठाएको जनाइएको छ । उनीहरुलाई जटही नाकादेखि दक्षिण जनकपुर आउँदै गर्दा गांगुलीमा रोकिएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds