मुख्य समाचार
विपिन कुमार यादव,जनकपुरधाम,८ असार । नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषय राखेको विरोधमा सोमबार साँझ जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
जनता समाजवादी पार्टीका युवा नेता संजय कुमार चौधरीले सरकारले निर्णय नसच्याए देशमा उक्त निर्णयले नेपाल भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटीबेटीको सम्बन्ध बिथोल्ने र मधेशमा अविश्वासको वातावरण सृजना हुने युवा नेता चौधरीले चेतावनी दिएका छन् ।
पार्टीको नेता तथा कार्यकर्ताले जनकपुरमा नागरिकता विधेयकको प्रतिलिपी र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । सोमबार भानुचौकमा जम्मा हुदै जसपाको नेताकार्यकर्ताले सत्तारूढ नेकपाले गरेको नागरिकता विधेयक सम्बन्धि निर्णय प्रति बिरोध जनाउदै प्रतिलिपी र पुत्ला दहन गरेको छ् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सात बर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेपछि त्यसको भोलिपल्ट संसदको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा सहमति जुटाएको थियो ।
स्थानीय भानु चोकमा जम्मा भएका जनता समाजवादी पार्टी निकट महिला तथा युवाले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । पुत्ला जलाइसकेपछि आइपुगेको प्रहरीले पानी हालेर आगो निभाएको थियो । पु्त्ला जलाउनुअघि जनता समाजवादी पार्टीका महिलाहरुले भानु चोकस्थित सडकमै जाम गरेर प्रधानमन्त्रीविरुद्व नाराबाजी गरेका थिए ।
उनीहरुले ‘७ बर्षपछि दिइने अंगीकृत नागरिकता विधेयक खारेज गर, नेपाल–भारतबीचको रोटी–बेटी सम्बन्ध अमर रहुन्, प्रधानमन्त्री ओली मुर्दावाद’ सहितका नारा लगाएका थिए ।