2024-04-25

Close

विपिन कुमार यादव,जनकपुरधाम : कपाल काटने पेशारत प्रदेश २ का नाईहरुले २४ घण्टा भित्र आफुहरुको माग सम्बोधन नभए प्रदेशभरिका सैलुनहरु खोल्ने चेतावनी दिएका छन । नेपाल नाई संघ प्रदेश २ को अगुवाईमा सैलुन सञ्चालकहरु आफनो ज्ञापन पत्रको मांग पुरा नभएको भन्दै जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर मुख्यमन्त्री लालबाबु राउतलाई आफना मांगहरु स्मरण गराउन पुनः स्मरण पत्र बुझाएका छन ।

कोरोना महामारीका कारण जारी भएको लकडाउनले गर्दा लामो समयदेखि आफुहरुको व्यापार व्यवसाय बन्द भएको भन्दै सैलुन खोल्ने वातावरण मिलाइदिन उनीहरुले गत जेठ २७ गते नै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि सरकारले आफुहरुको पीडालाई नबुझेकोले बाध्य भएर सैलुन खोल्न लागेको नेपाल नाई संघ प्रदेश २ का अध्यक्ष चन्देश्वर ठाकुरले बताए ।

ठाकुरले लकडाउनका कारण प्रदेशभरिका ३ हजार नाई श्रमिकहरुको व्यवसाय धरापमा परेको र उनीहरुलाई आफ्नो परिवारको खर्च जुटाउन समेत समस्या भइरहेको गुनासो गरे । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो तर अहिले अन्य व्यवसायीको हकमा लकडाउन खुकुलो बनाइए पनि सैलुन खोल्नमा प्रतिबन्ध लगाइएपछि नाई संघसँग आबद्ध सैलुन संचालकहरु सैलुन खोल्न मांग गर्दै आएका छन ।

सैलुन संचालकहरुले आफुहरुको लकडाउन अवधिभरको कोठा भाडा र पसल भाडा छुट हुनुपर्ने, बैंक तथा सहकारी संस्थाबाट लिएको नाई श्रमिकहरुको ऋणको ब्याज मिनाहा हुनुपर्ने, नाई श्रमिकहरुलाई राहतको व्यवस्था हुनुपर्ने लगायतका मांग गर्दै नाईं संघ जनकपुर नगर समिति अध्यक्ष बिजय ठाकुरले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds