2024-04-27

Close

विपिन कुमार यादव,जनकपुरधाम, असार १६ : पार्टी एकता पछि जसपाले मधेशमा शक्ति प्रदर्शन गरेको छ । नेकपाको बहुमतको आधारमा ल्याइएको नागरिकता विद्येयकको विरुद्वमा तत्कालिन राजपा र सपाका नेता कार्यक्रताहरु मिलेर शक्ति प्रदर्शन गर्दै विद्येयक खारेजीको मांग गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले प्रदेश २ मा शक्ति प्रदर्शन गर्दै नागरिकता विद्येयकको विरोध गरेको छ । विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता लिन सात वर्ष कुर्नु पर्ने प्रावधान मधेश र मधेशी प्रतिको विभेद र नियन्त्रण गर्ने षडयन्त्र रहेको भन्दै जसपा नेपालले शक्ति प्रदर्शन गर्दै विरोध गरेको छ ।

मंगलवारको विरोध जुलुसमा समाजवादी पार्टीका सचेतक उमाशंकर अडगरिया सहित प्रदेश २ सरकारका मन्त्रीहरु देखि केन्द्रिय देखि स्थानिय तह सम्मका नेता कार्यक्रताहरुको बोक्लो सहभागिता थियो । नागरिकता विद्येयक खारेज गर, ओली तिम्रो पाराले दुःख पायो साराले, जसपा नेपाल जिन्दावाद विरोध प्रदर्शनको मुख्य नारा देखियो । जनकचौकवाट सुरु भएको जुलुस जानकी मन्दिर, भानुचौक हुदै पुनः जनकचौकमा आएर कोणसभामा परिणत भएको थियो ।


नागरिकता विद्ययेकका कारण मधेश र भारतको मात्र नभई नेपाल भारतकै सम्बन्धमा पनि असर पर्ने र यस्ले देशको वातावरण नै खल्बलिने उनीहरुले बताए । कोणसभामा बोल्ने वक्ताहरुले मधेश र भारतको विस्तारित पारिवारिक, सांस्कृतीक सम्बन्ध देख्न नसकेर केपि शर्मा ओली आतिएकाले यस्ता वोहियात निर्णयहरु गर्न थालेको बताए । प्रधाममन्त्री ओली देशमै उथलपुतल गरे पनि प्रदेश २ मा केहि नचल्दा प्रदेश २ केन्द्रित षडयन्त्रहरु गरेर विरोधको वातावरण बनाई पहाडको सेन्टिमेन्ट लिन चाहेको उनीहरुको आरोप छ ।


जनकपुरधामको विरोध प्रदर्शनमा बोल्दै प्रतिनिधीसभा सांसद अडगरियाले मधेशको महिला मात्र नभई युवाको भविष्य समेत समाप्त गर्न विद्येयक ल्याइएको बताए । प्रदेश सांसदहरु परमेश्वर साह र रामअशिष यादवले पौरानिक काल देखिको मधेश र भारतको सुमधुर सम्बन्धलाई समाप्त गर्न रोटीबेटीको सम्बन्धमा दरार उत्पन्न गर्न खेल खेलिएको बताए । प्रदेश २ का मन्त्रीहरु ज्ञानेन्द्र कुमार यादव शैलेन्द्र प्रसाद साह सहितकाले समेत जुलुसमा सहभागि भएर विरोध जनाएका छन् ।


नागरिकता विद्ययेकका कारण मधेश र भारतको मात्र नभई नेपाल भारतकै सम्बन्धमा पनि असर पर्ने र यस्ले देशको वातावरण नै खल्बलिने अन्य जसपा नेता कार्यक्रता वक्ताहरुको तर्क छ । जसपा नेताहरु भन्छन्, ‘ओलीले आफनो सत्ता जोगाउन भारतको विरोध गर्ने एकमात्र अस्त्र बुझेकाले भारतको विरोध गर्छन र भारतसंगको सम्बन्ध प्रभाव पार्ने कामहरु गरेर पहाडमा सहानुभुति खाने काम मात्र गर्छन ।’ उनीहरुले ओलीको षडयन्त्रमा पहाड र हिमालका जनता फँसेकाले देशमा भएको परिर्वतण सार्थक हुन नसकेको गुनासो गरेका छन् ।


जसपाले प्रदेश २ को जनकपुरधाम सहित सप्तरीको राजविराज, सिरहाको लहान र सिरहा, महोतरीको जलेश्वर, सर्लाहीको मंलगवा, रौतहटको गौर, बाराको कलैया र बिरगंजमा एकै साथ प्रदर्शन गरेको छ । सप्तरीमा देखि पर्सा सम्म केन्द्रीय नेताहरुको नेतृत्वमा प्रदेश सरकारका मन्त्रीहरुको समेत सहभागितामा विरोध प्रदर्शन गरिएको छ । जनकपुरधाममा आयोजित विरोधसभालाई जसपाका सांसद उमाशंकर अडगरिया, प्रदेश सांसद परमेश्वर साह, रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, नेतृ ममता चौधरी, जितेन्द्र यादव सहितकाले सम्बोधन गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds