2024-04-25

Close

जनकपुरधाम , पुस ६ । मुख्यमन्त्री लालबाबु राउतले नेपाली सेनाद्वारा महोत्तरीको सोनमा गा.पा. ३ खखनामा आयोजित १० दिवसीय वृहत्त स्वास्थ्य शिविरको समापन गर्नु भएको छ ।
उक्त अवसरमा मुख्यमन्त्री राउतले नेपाली सेनाले विपदका साथै स्वास्थ्य जाँचमा समेत तदारुकता देखाई यस प्रदेशका आम जनतालाई सेवा प्रदान गरेकामा नेपाली सेनाको टोलीलाई धन्यवाद दिनु हुँदै यसले सेना र नागरिक विचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नु भयो ।
विगतमा बारा पर्सामा आएको टोर्नाडोका पीडित परिवारको लागि घर निर्माणमा खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत प्रदेश २को सरकार यस्तै सहयोग र सहकार्यको अपेक्षा राखेको बताउनु भयो ।


महोत्तरी क्षेत्र नं. ४का प्रतिनिधि सभा सदस्य एवं निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवको अध्यक्षतामा भएको उक्त समापन समारोहमा मुख्यमन्त्री राउतले शिविरमा खटिएका सेनाका डाक्टर सहितको टोली तथा स्थानीय सहयोगीहरुलाई गमछा ओढाई सम्मान समेत गर्नु भएको थियो ।


कार्यक्रममा प्रदेश सभा सदस्य कौशल कुमार यादव, सेनाका सहायक रथी एवं स्वास्थ्य शिविर टोलीका कमाण्डर डा. देवेन्द्र खत्री, सोनमा गापा अध्यक्ष राज कुमार यादव, समाजवादी पार्टी जिल्ला अध्यक्ष नागेन्द्र यादव सहितका व्यक्तिहरुले सम्बोधन गर्नु भएको थियो ।
मंसिर २७ गते देखी पुष ६ गते सम्म चलेको उक्त शिवरिमा ३४ हजार १७२ जनाले निशुल्क स्वास्थ्य उपचार पाएका छन । जसमध्ये ३ सय २९ जनाको शल्यक्रिया समेत गरिएको छ । स्वास्थ्य शिविरमा ६० लाख बराबरको औषधी निशुल्क वितरण गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds