अप्पन जनकपुर
जनकपुरधाम । धनुषा प्रहरीले प्रतिबन्धीत लागूऔषधसहित सहित दुईजनालाई पक्राउ गरेको छ ।
जिल्लाको विदेह नगरपालिका–२ दुहवी-ईटहवास्थित सडकखण्डमा भारतबाट नेपाल तर्फ आउदै गरेको मोटरसाईकलमा किराना समान राखेको बोरा भित्र नाईट्रोभेट-१० लेखिएको ३०० पिस (२० पता) लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा फेला पारी उक्त मोटरसाईकल सहित हंसपुर नगरपालिकाको वडा नं. ७ बस्ने २५ वर्षीय नरेश कुमार मण्डल र सोहि मोटरसाईकल पछाडी सवार १९ वर्षीय गोपि मण्डललाई शुक्रबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय दुहवी गोबराहीका प्रहरी वरिष्ठ नयाव निरीक्षक जयप्रकाश साहले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय दुहवी गोबराहीबाट खटिएको प्रहरी वरिष्ठ नयाव निरीक्षक साहको गस्ती टोलीले ज. ९ प. ३८८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका युवकहरुमाथि थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएका छन् ।