2025-07-10

Close

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका -१५ स्थित नेशनल मेडिकल कलेजले सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजको बार्षिक उत्सवका अवसरमा आयोजित सो कार्यक्रम बिहीबार औपचारिक रूपमा सम्पन्न गरिएको हो ।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल (चेस) जस्ता खेलहरू समावेश गरिएको थियो । उक्त प्रतियोगितामा मेडिकल कलेजकै एमबिबिएस, बिडिएस, बीएमएलटी, बीएमआईटी र नर्सिङमा अध्ययनरत छात्रछात्राहरुले भाग लिएका थिए।

नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो.डा. जैनुदिन अंसारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न खेल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले खेलमा सहभागी विद्यार्थीलाई प्रमाणपत्र तथा मेडल वितरण गर्नुभएको थियो ।

मेडिकल कलेजका प्रिन्सिपल डा. केऐन सिंहको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी , एकेडेमिक डाइरेक्टर डा. नुसरत जहाँ अन्सारी, एडमिसन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसैन अन्सारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अन्सारी, डाइरेक्टर डा. रुबी अस्मिन्, मेडिकल एजुकेशनका डाइरेक्टर प्राध्यापक डा. एके कौशी, डेन्टलका भाइस प्रिन्सिपल प्राध्यापक डा. सरोज देव, नर्सिङ डाइरेक्टर प्राध्यापक गंगा गुरुङ, नर्सिङका भाइस प्रिन्सिपल प्राध्यापक डा. बबिता सिंह लगायतकोपनि उपस्थिति थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर