2024-03-28

Close

रौतहट : भारतीय नम्बरको कार रौतहटमा दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । मृत्यु हुने चारैजना भारतीय नागरिक हुन् । यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर कार दुर्घटना भएको हो ।

भारतको बिहार राज्यको बखरी बेतौना घर भएका अरुण साह र दिनानाथ साहको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कारमा सवार अन्य दुई जनाको परिचय खुल्न सकेको छैन ।

शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक भन्दा तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको थियो ।

कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पु¥याइएको एसपी घिमिरेले बताए । अस्पताल पु¥याएलगत्तै चिकित्सकले चारै जनाको मृत्यु भएको घोषणा गरेका थिए । कारमा सवार चारै जना शनिबार चन्द्रनिगाहपुरमा रमालो गर्न भारताबाट नेपाल आएको बुझिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds