2020-11-01

Close

विपिन कुमार यादव,जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेशसभावाट पारित गरेको सञ्चार विद्येयक जनकपुरधाममा जलाइएको छ । पत्रकार विपी साहको नेतृत्वमा सञ्चारकर्मीहरुले सञ्चार विद्येयकमा १० हजार देखि २० हजार सम्म जरिवाना र सञ्चार समाग्री जफतको प्रावधान निरंकुश रहेको भन्दै निरन्तर विद्येयक जलाइरहेका छन् ।

पत्रकार साहका अनुसार नेपालको संविधान भन्दा समेत प्रदेश सरकारको बिधेयक निरंकुश र प्रेस स्वतन्त्रता विरोधी रहेको बताए । उनले नेपालको संविधानमा समेत सञ्चार उपकरण जफत गर्ने अधिकार कसैसंग नरहेको स्मरण गराउदै प्रदेश सरकारले गलत मनशायले यो प्रावधान राखेकाले स्वीकार गर्न नसकिने बताए ।

जनकपुरधामको जनकचौकमा यस अघि पनि विद्येयक जलाइएको थियो । शुक्रवार पत्रकार साहका आलावा पत्रकार प्रमोद कुमार साह, चन्द्रदेव साह, नयमिक यादव, विपिन कुमार यादव , शिवेन्द्र रोहिता सहितको सहभागिता थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर